काठमाडौं- भारतले गाजा क्षेत्रमा तत्काल युद्धविराम गरी मानवीय सामग्रीको सहज पहुँच पुर्याउन र सबै बन्धकलाई रिहा गर्न आह्वान गरेको छ । भारतीय विदेश मन्त्रालयले गाजा क्षेत्रमा जारी युद्धमा आफ्नो अडानलाई दोहोर्याउँदै युद्धविराम र बन्धक रिहा गर्न आह्वान गरेको हो ।
मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले वार्ता र कूटनीतिका माध्यमबाट गाजा क्षेत्रमा जारी द्वन्द्व समाधान हुनुपर्नेमा भारत प्रष्ट रहेको जनाएका छन् । भारत ‘दुई राज्य समाधान’ को पक्षमा रहेको पनि उनले उल्लेख गरेका छन् ।
पछिल्लो समय गाजा क्षेत्रमा मानवीय अवस्था अझ खराब बन्दै गएका बेला भारतीय विदेश मन्त्रालयलले यस्तो बताएको हो ।
पछिल्लो समय गाजा क्षेत्रम इजरायली आक्रमणसँगै भोकमरीका कारण समेत मानिसहरुले ज्यान गुमाउन थालेका छन् ।
सन् २०२३ को अक्टोबर महिनामा हमास लडाकु समूहले इजरायलमाथि आक्रमण गरेसँगै गाजा क्षेत्रमा युद्ध शुरु भएको हो । युद्धविरामका लागि पटक पटक हुँदै आएका प्रयास सफल हुन सकेको छैन ।
प्रतिक्रिया