सुत्केरीलाई पोषण झोला र रातो भाले « Khabarhub

सुत्केरीलाई पोषण झोला र रातो भाले


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले सुत्केरीलाई ‘रातो भाले’ दिने भएको छ । गाउँपालिकाले पाँचौं गाउँसभामार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई घरमै पुगेर रातो भाले उपलब्ध गराउने नीति लिएको छ ।

गर्भवती भएपछि नियमित स्वास्थ्य जाँच गर्ने, जाँच गर्दा पोषण झोलासमेत उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ । घरमा हुने सुत्केरीलाई स्वास्थ्य संस्थामा सुरक्षितरूपमा सुत्केरी गराउनका लागि प्रोत्साहित गर्न पोषण झोला र सुत्केरीलाई रातो भाले कार्यक्रम ल्याइएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।

‘स्वास्थ्य संस्थामा नियमितरूपमा गर्भ परीक्षण नगर्दा प्रसूतिको बेला आमा, बच्चाको ज्यानसमेत जाने जोखिम हुन्छ’, अध्यक्ष शर्माले भने, ‘गर्भवती, सुत्केरी हुने बेलाको संवेदनशीलताबारे सबैलाई जानकारीसहित जिम्मेवार बनाउन सुत्केरीलाई रातो भाले कार्यक्रम ल्याइएको हो ।’

स्वास्थ्य स्वयंसेविका वा आफैँ गर्भवती महिलाले गर्भ परीक्षणका लागि स्वास्थ्य संस्थामा पुग्नासाथ संस्थाले गर्भवतीको रेकर्ड राख्नेछन् । रेकर्डसँगै गेडागुडीको बीउबिजन भएको पोषण झोला उपलब्ध गराउनेछन् ।

पोषण झोलामा रहेको गेडागुडी तथा सागपातको बीउ लगाएर सुत्केरी अवस्थामा खुवाउन सल्लाहसमेत दिइने बरेङ गाउँपालिकाका स्वास्थ्य संयोजक पदमबहादुर पुनले बताए।

‘हामीले शुरुआती अवस्थामा पोषण झोलासहित गर्भवती अवस्थामा हुने परिवर्तनलगायतका विषयमा जानकारी गराउँछौँ’, पुनले भने, ‘सुत्केरी भएको स्वास्थ्य स्वयंसेविकाबाट खबर पाएपछि रातो भाले लगेर घरमै जाने कार्यक्रम छ ।’

पुनका अनुसार गाउँपालिकाको कार्यपालिकाको बैठकबाट कार्यविधि बनाई दशैँ–तिहारलगत्तै सुत्केरीलाई रातो भाले लगेर भेट्न जाने कार्यक्रम लागू हुनेछ ।

दश लाख बढी जनसङ्ख्या रहेको गाउँपालिकामा रातो भाले कार्यक्रमका लागि चालू आर्थिक वर्षका लागि रु १० लाख बजेटसमेत विनियोजन गरिएको बरेङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ शर्माले बताए ।

स्वास्थ्यचौकीमा नियमित स्वास्थ्य परीक्षण गर्न नजाने र बरेङ घर भई पोखरा काठमाडौँ बस्नेलाई कार्यक्रममा समावेश नगरिने बरेङ गाउँपालिकाले जनाएको छ । सुत्केरीलाई भेट्न गाउँपालिकाको समूह घरमै रातो भाले लिएर जाँदा स्थानीय सरकार दैलोमा रहेको महसुससमेत हुने गाउँपालिकाको अपेक्षा छ ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ८ : १४ बजे

विश्वकपको बहुप्रतीक्षित भिडन्त : कस्तो होला हालान्ड र एमबाप्पेबीचको प्रतिस्पर्धा ?

इस्ट रदरफोर्ड, न्यु जर्सी- यस पटक ४८ टोली सहभागी विस्तारित

समूहगत दबाबमा रवि-बालेन, जेन-जीका नाममा सुधनको ‘बार्गेनिङ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन झन् झन् लम्बिँदै गएको

सार्वजनिक यातायातमा प्रविधिको निगरानी : सिसीक्यामेरा, जिपिएस जडान

काठमाडौ– काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप सुरक्षित,

काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन

सुरुङ्गा– पूर्वी सीमा नाका काँकरभिट्टामा यात्रु तथा मालवस्तुको चेकजाँचलाई व्यवस्थित

‘प्यालेस्टिनी बालबालिकाहरू दुर्व्यवहारको उच्च जोखिममा’

न्युयोर्क– मानव अधिकारवादीहरु तथा मानवीय संस्थाहरू गाजा र वेस्ट ब्यांक