आँबुखैरेनीमा चेपाङ समुदायका छात्रछात्रालाई निःशुल्क शिक्षा | Khabarhub Khabarhub

आँबुखैरेनीमा चेपाङ समुदायका छात्रछात्रालाई निःशुल्क शिक्षा


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

तनहुँ– आबुखैरेनी गाउँपालिका–५ खोलागाउँका अमृत प्रजा (चेपाङ)ले छात्रवृत्तिमा कक्षा १२ उत्तीर्ण भएका छन् । उनीलाई आबुखैरेनी गाउँपालिकाले शैक्षिकसत्र २०८१ मा आँबुखैरेनीस्थित रामशाह माध्यमिक विद्यालयमा सो तह अध्ययन गर्न आर्थिक सहयोग गरेको थियो । छात्र चेपाङले केही दिनअघि सार्वजनिक भएको सो तहको परीक्षामा उत्तीर्ण भएका हुन् ।

गाउँपालिकाले खाना, बस्नका लागि मासिक पाँच हजारका दरले वार्षिक ६० हजार सहयोग गर्दै आएको शिक्षा शाखा प्रमुख निर्मला कुवँरले जानकारी दिइन् । गाउँपालिकामातहत रहेका २४ सामुदायिक विद्यालयमध्ये २२ मा पूरै तहमा निःशुल्क शिक्षाको व्यवस्था गरेको उनको भनाइ छ ।

उनले भनिन्, ‘रामशाह र मित्रता माविमा कक्षा ५ सम्म पूरै निःशुल्क गरिएको छ । कक्षा ६ देखि माथि नेपाली माध्यममा निःशुल्क भए पनि अङ्ग्रेजी माध्यममा शुल्क निर्धारण गरिएको छ ।’

गाउँपालिका अध्यक्ष शुक्र चुमानले चेपाङ समुदायको शिक्षा क्षेत्रमा देखिएको यस किसिमको उपलब्धिले सम्पूर्ण चेपाङ समुदाय र पालिकाका लागि समेत गौरवको विषय बनेको बताए । उनले भने, ‘आगामी उच्च शिक्षाका लागि बाटो सहज बनाउन गाउँपालिकाले आवश्यक सबै सहयोग तथा पहल गर्नेछ ।’

चेपाङ, भुजेललगायत सीमान्तकृत समुदायमा शिक्षाको पहुँच विस्तार गर्ने रणनीति, छात्रवृत्ति प्रणालीलाई अझ प्रभावकारी बनाउने उपाय र समग्र विकास प्रक्रियामा सीमान्तकृत समुदायको समावेशिता सुनिश्चित गर्ने योजनाका बारेमा विमर्श गरी अघि बढ्ने योजना बनाइएको अध्यक्ष चुमानले बताए । (रासस)

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ७ : ३० बजे

विप्लवले भने- बाह्य शक्तिको दबाब झेल्न नसकेपछि सरकार एमसीसी स्वीकार्न बाध्य भयो

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले मिलेनियम

नेपाल र भियतनामबीचको सम्बन्ध अझ प्रगाढ बनाउन छलफल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी समाजवादी

प्रचण्डले भने- माओवादी र दलाल, नोकरशाही, बिचौलिया सँगसँगै रहन सक्दैनन्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई

मनसुन सङ्कट : पाकिस्तानको पञ्जाब बाढी उच्च सतर्कतामा, १९ हजारलाई सुरक्षित स्थानमा सारियो

लाहोर– मनसुनको नयाँ चरण सुरु हुनुअघि प्रान्तका विभिन्न बाढी प्रभावित

युक्रेनको स्वतन्त्रता दिवसमा रुसमाथि ड्रोन आक्रमण

किएभ– युक्रेनले आइतबार रुसमाथि ड्रोन आक्रमणको लहर सुरु गरेको छ