राईजिङ स्टार क्रिकेट एकेडेमीले 'यु–१४ टि–२० ब्वाइज ओपन क्रिकेट टुर्नामेन्ट' को आयोजना गर्ने  | Khabarhub Khabarhub

राईजिङ स्टार क्रिकेट एकेडेमीले ‘यु–१४ टि–२० ब्वाइज ओपन क्रिकेट टुर्नामेन्ट’ को आयोजना गर्ने 


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राईजिङ स्टार क्रिकेट एकेडेमीले यु–१४ टि–२० ब्वाइज ओपन क्रिकेट टुर्नामेन्टको आयोजना गर्ने भएको छ । 

एकेडेमीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भाद्र २४ देखि आश्विन ८ गतेसम्म काठमाडौंमा ओपन क्रिकेट टुर्नामेन्टको आयोजना गर्ने जनाएको हो ।

प्रतियोगितामा कुल १७ टिमले लिग र नकआउट चरण खेल्ने आयोजकले जनाएको छ । टिमहरूलाई चार समूहमा विभाजन गरिने र शीर्ष स्थानमा रहने दुई वटा टिमहरू क्वाटर फाइनलमा प्रवेश गर्ने प्रतियोगिता संयोजक सुनिल अमात्यले जानकारी दिए । विजेता टिमले ३० हजार रुपैयाँ नगदका साथै ट्रफी र प्रमाणपत्र तथा उपविजेता टोलीले २० हजार रुपैयाँ प्राप्त गर्ने उनको भनाइ छ । 

प्रतियोगिता अन्तर्गत समूह चरणका खेल र सेमिफाइनल खेल सिफल ग्राउण्ड र फाइनल खेल मूलपानी क्रिकेट ग्राउण्डमा हुने एकेडेमीले जनाएको छ । 

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ४ : ५८ बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न