जरनवाला दंगा पीडितलाई न्याय दिन माग गर्दै पाकिस्तानमा इसाई समुदायको प्रदर्शन | Khabarhub Khabarhub

जरनवाला दंगा पीडितलाई न्याय दिन माग गर्दै पाकिस्तानमा इसाई समुदायको प्रदर्शन


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा जरनवाला दंगामा पीडित भएका इसाई धर्मावलम्बीलाई न्याय दिन माग गर्दै प्रदर्शन भएको छ । पाकिस्तानको पञ्जाब प्रान्तको जरनवाला शहरको क्रिस्चियन कोलोनीमा इसाई समुदायका नेताहरुले प्रदर्शनको आयोजना गरेका हुन् ।

जरनवालामा ईश निन्दा भएको भन्दै सन् २०२३ को अगस्ट महिनामा भएको दंगा भड्किएको थियो । पाकिस्तानबाट प्रकाशित डन अखबारका अनुसार त्यसबेला आक्रोशित भीडले इसाई धर्मावलम्बीका २७ गिर्जाघर र २३ घर मा आगजनी गरेको थियो ।

प्रदर्शनलाई सम्बोधन गर्दै इसाई नेताहरु लाला रोबिन डानियल, शकिल भट्टी, इब्रार युनुस सहुर्ता, पास्टर फरज सिद्दिक, सामसन सलामतलगायतले सम्बोधन गरेका थिए ।

उनीहरुले दंगा भएको दुई वर्ष बित्दा पनि आफ्नो समुदायले न्याय नपाएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ८ : ३६ बजे

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता