जङ्गली हात्तीको आक्रमणबाट एउटा घरमा क्षति « Khabarhub

जङ्गली हात्तीको आक्रमणबाट एउटा घरमा क्षति


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर–  कृष्णपुर नगरपालिका-१ दोमिल्लास्थित पुतलीबजार टोलमा गएराति जङ्गली हात्तीको आक्रमणबाट स्थानीय गणेशप्रसाद भाटको घर भत्किएको छ । गएराति आएको हात्तीको बथानले उनको घर भत्काएको हो । 

सुत्ने तरखर गरिरहेका बेला आएको जङ्गली हात्तीको बथानले घर भत्काउन सुरु गरेपछि भागेर ज्यान जोगाएको भाटले बताए। उनका अनुसार घरभित्रका पिठो, चामलसँगै भण्डारण गरेर राखेको धान, गहुँलगायत खाद्यान्न नष्ट भएको छ । 

हात्तीले घरभित्रको खाद्यान्न खानुका साथै घर भत्काएपछि भाट परिवारको विचल्ली भएको छ । ऐश्वर्या सामुदायिक वनका कार्यालय सचिव दामोदर जोशीका अनुसार यही भदौ ४ गतेदेखि जङ्गली हात्ती बस्तीमा छिर्न सुरु गरेका हुन् । हालसम्म २७ परिवारको १० बिघा जग्गामा लगाइएको धानबाली, मकैबालीमा हात्तीले क्षति पुर्‍याएको उनले जानकारी दिए ।

सामुदायिक वनको ३५ हेक्टर क्षेत्रफलमा लगाइएको अम्रिसोखेती र १५ हेक्टर क्षेत्रफलमा लगाइएको नेपियर घाँस खाएर सखाप पारेको जोशीले बताए।

‘यहाँ उत्पादित अम्रिसोबाट कुचो तयार गरी बेच्दै आएका थियौँ’, उनले भने, ‘वर्षमा अम्रिसोबाट मात्रै रु तीन लाखदेखि पाँच लाखसम्म आम्दानी हुन्थ्यो, हात्तीले पूरै खेतीमा क्षति पुर्‍याएको छ ।’

सामुदायिक वनको आम्दानी गुमेको उनले बताए। सचिव जोशीका अनुसार बस्तीमा जङ्गली जनावर छिर्न नदिनका लागि लगाइएको मेसवायर हात्तीले ठाउँठाउमा तोडेको छ । 

सामुदायिक वनको अम्रिसो खाँदै हात्ती बस्तीमा छिर्ने गरेको स्थानीय मदन नेपालीले बताए। ‘हात्ती नियन्त्रणका लागि माग गर्दै आएका छौँ’, उनले भने, ‘सरोकार भएका निकायले अहिलेसम्म चासो दिएका छैनन् ।’

 तत्काल हात्ती नियन्त्रणको पहल गर्न उनले सबैलाई आग्रह गरे।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  २ : १० बजे

अमेरिकाले साम्राज्यवादी आक्रमण गर्‍यो : भेनेजुएला

काराकास- भेनेजुएलाले अमेरिकालाई नागरिक तथा सैनिक क्षेत्रहरूमा आक्रमण गरेको आरोप

अलपत्र गौतमबुद्ध क्रिकेट रंगशालाको काम सुचारु (तस्बिरहरू)

काठमाडौं- धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण सम्पन्न गर्न नसकेर अलपत्र छोडेको

क्यानको वार्षिक खेल तालिका सार्वजनिक

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि

देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्छ : मन्त्री खरेल

चितवन– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरका पत्रकारलाई सामाजिक

सञ्चारमन्त्री खरेलद्वारा ओम मेगाश्री फर्मास्युटिकल्सको निरीक्षण

नारायणगढ– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आज चितवनको भरतपुर