वीरगन्जमा मोबाइल पसल लुटपाट गर्ने गिरोह पक्राउ « Khabarhub

वीरगन्जमा मोबाइल पसल लुटपाट गर्ने गिरोह पक्राउ


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्साको वीरगन्जमा मोबाइल पसल लुटपाट गर्ने एक गिरोह पक्राउ परेको छ ।

दशैं असोज १६ र १७ गते वीरगन्जको विभिन्न ठाउँबाट मोबाइल चोरी गर्ने ४ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका– ३ बस्ने २४ वर्षीय गौरीशंकर यादव, वीरगन्ज–१७ का २४ वर्षीय मनोज राम हरिजन, वीरगन्ज–१४ का २२ वर्षीय जमसेद अन्सारी, भारतको पूर्वी चम्पारण बस्ने २२ वर्षीय बिक्रम पटेल छन् ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुको साथबाट १७ थान मोबाइल फेला परेका छन् ।

उनीहरुको साथबाट नेपाली रुपैयाँ २१ हजार ७ सय २६ र भारतीय रुपैयाँ १७ हजार समेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका ४ जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ११ : २० बजे

विश्वकपको बहुप्रतीक्षित भिडन्त : कस्तो होला हालान्ड र एमबाप्पेबीचको प्रतिस्पर्धा ?

इस्ट रदरफोर्ड, न्यु जर्सी- यस पटक ४८ टोली सहभागी विस्तारित

समूहगत दबाबमा रवि-बालेन, जेन-जीका नाममा सुधनको ‘बार्गेनिङ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन झन् झन् लम्बिँदै गएको

सार्वजनिक यातायातमा प्रविधिको निगरानी : सिसीक्यामेरा, जिपिएस जडान

काठमाडौ– काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप सुरक्षित,

काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन

सुरुङ्गा– पूर्वी सीमा नाका काँकरभिट्टामा यात्रु तथा मालवस्तुको चेकजाँचलाई व्यवस्थित

‘प्यालेस्टिनी बालबालिकाहरू दुर्व्यवहारको उच्च जोखिममा’

न्युयोर्क– मानव अधिकारवादीहरु तथा मानवीय संस्थाहरू गाजा र वेस्ट ब्यांक