श्रीलङ्काः पूर्वराष्ट्रपति विक्रमासिङ्घे स्वास्थ्य बिग्रिएपछि आइसियुमा स्थानान्तरण « Khabarhub

श्रीलङ्काः पूर्वराष्ट्रपति विक्रमासिङ्घे स्वास्थ्य बिग्रिएपछि आइसियुमा स्थानान्तरण


९ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे अस्वस्थ भएका कारण मङ्गलबार अदालतमा उपस्थित हुनसक्ने अवस्था नरहेको डेली मिररले अस्पताल स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।

डेली मिररका अनुसार उनलाई अगस्ट २६ मङ्गलबारका दिन कोलम्बो फोर्ट मजिस्ट्रेटसमक्ष उपस्थित गराउने तय गरिएको थियो । तर अस्पताल अधिकारीहरूले उनको स्वास्थ्य अवस्था अदालतमा जान असम्भव रहेको बताएका छन् ।

कोलम्बो राष्ट्रिय अस्पताल (सिएनएच) का एक वरिष्ठ अधिकारीका अनुसार, विक्रमासिङ्घेलाई औषधि सेवन र कम्तीमा तीन दिन आराम गर्न सल्लाह दिइएको छ । अघिल्लो दिन उनी डिहाइड्रेटेड भएको रिपोर्ट आएको थियो, जसले मुटुको दर बढाएको थियो ।

अधिकारीले भने, “हाल लक्षणहरू गम्भीर छैनन्, तर जटिलता उत्पन्न भएमा अवस्था गम्भीर हुनसक्छ । उचित उपचार भएमा उहाँ निको हुन सक्नुहुन्छ तर तीन दिनसम्म आराम र औषधि आवश्यक छ ।”

सावधानीका लागि चिकित्सकहरूले उनलाई इन्टेन्सिभ केयर युनिट आइसियुमा स्थानान्तरण गर्ने निर्णय गरेका छन् ।

सुरुमा उनलाई जेल अस्पतालमा भर्ना गरिएको थियो, तर मेडिकल मूल्याङ्कनले त्यहाँ आवश्यक विशेषज्ञ उपचार उपलब्ध नभएको देखाएपछि कोलम्बो राष्ट्रिय अस्पतालमा सारिएको थियो ।

न्युजवायर लङ्काका अनुसार, राज्य कोष दुरुपयोग गरेको आरोपमा उनलाई शुक्रबार पक्राउ गरिएको थियो । उनीमाथि लन्डनको निजी भ्रमणको खर्च सरकारी कोषबाट भुक्तानी गरेको आरोप छ । उक्त निजी भ्रमणका क्रममा उनले लन्डनमा विश्वविद्यालयको स्नातक समारोहमा भाग लिएका थिए । अनुसन्धानकर्ताहरूले यो भ्रमण आधिकारिक नभए पनि सरकारी खर्चमा भएको दाबी गरेका छन् ।

छ पटक प्रधानमन्त्री बनेका रनिल विक्रमसिङ्घेले सन् २०२२ जुलाईमा गोटाबाया राजापाक्षलाई विरोध प्रदर्शनले हटाएपछि श्रीलङ्काको अन्तरिम राष्ट्रपति बनेका थिए ।

उनी सन् २०२४ सेप्टेम्बरमा राष्ट्रिय जनशक्तिका नेता अनुरा कुमारा दिसानायकेसँग राष्ट्रपति चुनावमा पराजित भएका थिए ।

-रासस

प्रकाशित मिति : ९ भदौ २०८२, सोमबार  ५ : १४ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही