माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री « Khabarhub

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने दिनको शुभकामना दिएका छन्। उनले सोमबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै तीजलाई पूर्वीय समाजको संयुक्त परिवार संस्कृतिमा आधारित पर्व भएको उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीका अनुसार, अतीतमा भौतिक सुविधा नहुँदा गाउँगाउँ पैदलै हिँडेर चेलीलाई लिन जाने परम्परा थियो भने दर खाने चलन माइती घरमै हुने गर्थ्यो। पुरानो समाजका कठिनाइ र पारिवारिक जीवन तीजका गीतमै अभिव्यक्त हुने गरेको उनले स्मरण गराए।

‘आज संयुक्त परिवार संस्कृतिमा ठूलो परिवर्तन आएको छ, सदस्यहरू छरिएर बस्ने गरेका छन्। सामाजिक परिवर्तनसँगै महिलामा आत्मनिर्भरता र सशक्तिकरण बढ्दो क्रममा छ,’ ओलीले भनेका छन्।

तीजले विवाहित छोरी, माइती तथा तीन पुस्ताका सदस्यलाई एउटै छानामुनि बसेर आत्मीयता साट्ने अवसर दिने उल्लेख गर्दै उनले यो पर्वले पारिवारिक र सामाजिक बन्धन अझ मजबुत बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।

सन्देशको अन्त्यमा उनले भनेका छन्, ‘आजको दिनले हामी सबै माइती र चेलीलाई प्रगाढ पारिवारिक ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस्।’ प्रधानमन्त्री ओलीले सबैलाई तीज दर खाने दिनको शुभकामना समेत दिएका छन्।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ९ : २७ बजे

इरान प्रस्तावमा अमेरिकी नेतृत्व सशंकित, युद्ध अन्त्य अनिश्चित

एजेन्सी– मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरानबीचको तनावपूर्ण द्वन्द्व अन्त्य गर्ने

चार्ल्स तृतीय र ट्रम्पबीच भेट, अमेरिका–बेलायत सम्बन्धमा जोड

एजेन्सी– इरानसँग सम्बन्धित क्षेत्रीय तनाव चर्किरहेका बेला बेलायतका राजा चार्ल्स

सांसदहरूलाई रास्वपाको निर्देशन : आफूलाई माननीय नभन्‍नू, कागजातमा पनि नलेख्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै सांसदहरूलाई कुनै

१५ दिनमा छ सय सोह्र विपद्का घटना : ३४ जनाको मृत्यु

काठमाडौं– विगत १५ दिनमा मुलुकभर विभिन्न प्रकारका प्राकृतिक विपद्का घटनामा

वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा

वीरगञ्ज– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा २६ अर्ब