अस्ट्रेलियाको क्रिकेट एसिटीविरुद्ध नेपाल ४१ रनले विजयी « Khabarhub

अस्ट्रेलियाको क्रिकेट एसिटीविरुद्ध नेपाल ४१ रनले विजयी


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियाको क्रिकेट एसिटीमाथि नेपालले ४१ रनको जित निकालेको छ। मंगलबार बिहान भएको खेलमा टस जितेर एसिटीले पहिला फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको थियो।

सुरुमा ब्याटिङ गरेको नेपालले आठ विकेटको क्षतिमा १७७ रन बनायो। नेपालका लागि ओपनर आशिफ शेखले अर्धशतक हिर्काए। ३९ बल खेल्दा उनले ६९ रन बनाएका हुन्। कप्तान रोहित पौडेलले २८ बलमा २६ रन बनाउँदा आरिफ शेखले १८ बलमा २४ रन जोडे। नेपालका अन्य ब्याट्सम्यानले भने उल्लेख्य रन जोड्न सकेनन्।

१७८ रनको चुनौती पछ्याएको एसिटी १७.२ ओभरमा १३६ रन बनाएर अलआउट भयो। एसिटीका जे स्मितले नेपालविरुद्ध अर्धशतक बनाए । ३३ बलको सामना गरेका उनले ५० रन बनाएका हुन् ।

एसिटीलाई सस्तैमा समेट्न सन्दीप लामिछानेले पाँच विकेट लिए । चार ओभर बलिङ गर्दा सन्दीपले ३१ रन दिँदै पाँच विकेट हात पारेका हुन् । करण केसीले दुई विकेट हात पार्दा रुपेश सिंह, कुशल भुर्तेल र गुल्सन झाले एकएक विकेट हात पारे ।

नेपाल क्रिकेट सङ्घ (क्यान) काअनुसार नेपालले अगस्ट २६ देखि ३० तारिखसम्म क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेल्न लागेको हो। नेपालले दुईदुई वटा टी–२० प्रतिस्पर्धा गर्नेछ।

अस्ट्रेलियामा रहेको नेपालले अभ्यासकैक्रममा अगस्ट ३० तारिखमा साउथ अस्ट्रेलियासँगै एकदिवसीय खेल खेल्ने छ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ९ : २८ बजे

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ