लोघेकरका किसानलाई अनुदानमा हाते ट्याक्टर | Khabarhub Khabarhub

लोघेकरका किसानलाई अनुदानमा हाते ट्याक्टर


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ- मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले किसानलाई अनुदान सहुलियतमा हातेट्याक्टर (पावर टिलर) वितरण गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत ‘कृषि यान्त्रिकीकरण’ कार्यक्रमअनुसार माग सिफारिसका आधारमा पाँचैवटा वडाका किसानलाई सोमबार पहिलो चरणमा अनुदान सहुलियतको हातेट्याक्टर वितरण गरेको हो ।

हातेट्याक्टर अनुदान दिन २५ लाख रुपैयाँ गाउँपालिकाले विनियोजन गरेको कृषि शाखा प्रमुख दीपक खड्काले जानकारी दिए । प्रमुख खड्काका अनुसार गाउँपालिकाको अनुदान ४५ प्रतिशत र लाभग्राही किसानको ५५ प्रतिशत लागत साझेदारी रहनेगरी प्रति हाते ट्याक्टर ५६ हजार ५०० बराबरको एक सय थान हाते ट्याक्टर वितरण गरिने छ ।

सोमबार पहिलो चरणमा वडा नं १ को चराङ र मराङमा ३५ थान र वडा नं ४ को ढी र सुर्खाङ गाउँका १० थान हातेट्याक्टर वितरण गरिएको शाखा प्रमुख खड्काले बताए ।

गाउँपालिकाले दोस्रो चरणमा यहाँको वडा नं २, ३ र ५ का किसानलाई बाँकी ५५ थान ट्याक्टर वितरण गर्ने वडा नं १ का वडाध्यक्ष टैढिन्डुक ठकुरीले जानकारी दिए । परम्परागत रूपमा गोरु, झोपाको सहयोगमा खेत जोत्ने परम्परा रहे पनि पछिल्लो समय जनशक्तिको अभाव, युवा पलायन, परम्परागत शैलीबाट खेत जोत्न झन्झटिलो, लागत र समय बढी लाग्ने भएकाले कृषकलाई यान्त्रिकीकरण तर्फ आकर्षित गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  २ : ०७ बजे

ओलीको स्पष्टीकरण : मैले जेन-जी आन्दोलनलाई बेठिक भनेको छैन

काठमाडौं- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४

ओलीको प्रतिप्रश्न : सम्पादकज्यूहरूले आत्मआलोचना गर्नु भयो ?

काठमाडौं- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली जेन-जी आन्दोलनपछि पहिलो पटक

फ्रान्सका पूर्वराष्ट्रपतिलाई जेल सजाय

पेरिस- फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सारकोजीले सन् २००७ को राष्ट्रपतीय निर्वाचनको

सरकारले निर्वाचन सम्पन्न गर्न संयुक्त पेट्रोलिङ सुरु गर्ने

काठमाडौं– सरकारले शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गर्न संयुक्त पेट्रोलिङ सुरु

विवादले स्वास्थ्यमन्त्री बन्न नपाएकी संगीता मिश्राविरुद्ध १४ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार अनुसन्धान दुरुपयोग आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक