धर्मशास्त्र भन्छन्– दशैंको १० दिन सहवास वर्जित  | Khabarhub Khabarhub

धर्मशास्त्र भन्छन्– दशैंको १० दिन सहवास वर्जित 


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दशैं अर्थात नवरात्रीको हिन्दूहरुको निकै ठूलो पर्व हो । हिन्दू धर्ममा पनि नवरात्रीको महिमालाई व्याख्या गरिएको छ ।

घटस्थापना देखि सुरु हुने अश्विन शुक्ल प्रतिपदाबाट सुरु हुने नवरात्रीको समयमा नौ दिनसम्म विधिपूर्वक दुर्गा भगवतीको पूजाआजा गरिन्छ ।
‘असत्य माथि सत्यको विजय’को प्रतिकको रुपमा नवरात्रीमा हर्षोल्लासको साथमा दुर्गा भगवती पूजा आजा गरिन्छ ।

नवरात्रिमा नारी शक्ति अर्थात देवीको ९ स्वरुपको पूजा अर्चना र उपासना हुने गरेको छ । नवरात्रीमा दुर्गा भगवतीका ९ स्वरुपः शैलपुत्री, ब्रहृमचारिणी चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिरात्रीको पूजा विधिविधानबाट गरिन्छ ।

यस समयमा देवीका ९ स्वरुप पृथ्वीमा निवास गर्ने धार्मिक मान्यता रहेको छ । त्यसैले यस समयमा सात्विक भोजन र यौन कार्यलाई बर्जित गरिएको छ ।

आध्यात्मिक रुपमा हेर्ने हो भने जुन घरमा नवरात्रीको पूजा गरिन्छ त्यस घरमा श्रीमान् श्रीमतीबीचको सहवासका बारेमा सचेत हुनु आवश्यक छ ।

धार्मिक मान्यताका अनुसार जसले यो नियमलाई पालन गर्दैनन् उनीहरुको मन मता देवीको आराधनामा लाग्दैन । यस्ता मानिसको मन विचलित रहन्छ । जसका कारण उनीहरुको साधना अपूर्ण रहन्छ ।

नवरात्रमा संसर्ग गर्न नुहुनेका पछाडि बैज्ञानिक कारण पनि रहेका छन् ।  नवरात्रमा जो मानिसले व्रत राख्छन् उनीहरुको शरीरमा उर्जाको कमी हुन्छ । जसका कारण मानसिक तथा शारीरिक रुपमा यौनाचरणका लागि तयार रहदैनन् । त्यसैले यस समयमा मानिसलाई स्वयं माथि नियन्त्रणको लागि भनिएको हो ।

धार्मिक रुपमा भन्ने हो भने नवरात्रीमा देवी भगवतीहरुको वास पृथ्वीमा हुन्छ । देवीको अंश हरेक स्त्रीमा हुन्छ । यही कारण यस समय विवाहिता महिलालाई सुहागका सामाग्री दिने परम्परा पनि रहेको छ । जसका कारण नवरात्रमा व्यक्तिले स्वयंमाथि संयम तथा ब्रह्हचार्य पालन गर्न सकोस् ।

हरेक वर्ष दुई पटक नवरात्रीका बीच आश्विन तथा चैतको समयमा ऋतु परिवर्तन हुन्छ । आश्विन नवरात्रीका समयमा शीत ऋतुको आगमन हुन्छ र चैत्र नवरात्रीमा ग्रीष्म ऋतुको आगमन हुन्छ ।

यही त्यसतो मौसम हो जतिवेला सबैभन्दा धेरै संक्रमण हुने खतरा हुन्छ । ऋषि मुनिले आउन लागेको मौसमका लागि आफ्नो शरीरलाई तयार गर्नका साथै रोग प्रतिरोधक क्षता बढाउनका लागि यी ९ दिन व्रत तथा साधना गर्ने विधान बताइएको हो । जसमा यौनकार्यबाट बच्नका लागि भनिएको छ ।

दशैंलाई माछामासु खाने पर्वको रुपमा लिने गरएिको छ । तर, खासमा धर्मशास्त्रले भने चोखो भएर दुर्गा भगवतीको पूजाआजा गर्ने हो भने नवरात्रीभर मद्यपान, माछामासु सेवन नगर्न र स्त्रीसँग शयन गर्न वर्जित गरेको छ ।

नवरात्रीमा उपवास राखेर विधिपूर्वक दुर्गा भगवतीको पूजा गर्न चाहनुहुन्छ भने माथिका कुराहरु उल्लंघन गर्न हुँदैन । संयम नअपनाएमा दुर्गा भगवती प्रसन्न नहुने विश्वास रहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  १२ : ५३ बजे

नेपाल चेम्बर अफ कमर्सद्वारा उपराष्ट्रपति सुआनसँग छलफल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो

चित्रकला र पुस्तकालय एकापसमा परिपूरक : मन्त्री पन्त

काठमाडौं– अठारौँ पुस्तकालय दिवसको सन्दर्भ पारेर आइतबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान

विपिनका परिवारले भेटे परराष्ट्रमन्त्री, रिहाइको पहलका लागि थप प्रयत्न गर्न आग्रह

काठमाडौं– प्यालेस्टाइनको हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइमा जारी राखेको

शिक्षा विधेयकमा सुमना श्रेष्ठका तीन असहमति 

काठमाडौं– संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा