ऊर्जामन्त्री खड्का र कोरियाली राजदूतबीच शिष्टाचार भेट, ऊर्जा सहकार्यका विषयमा छलफल « Khabarhub

ऊर्जामन्त्री खड्का र कोरियाली राजदूतबीच शिष्टाचार भेट, ऊर्जा सहकार्यका विषयमा छलफल


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्का र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ताइ योङबीच शिष्टाचार भेट भएको छ । भेटका क्रममा द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको छ ।

भेटवार्तामा आगामी सेप्टेम्बर १६ देखि १८ सम्म सञ्चालन हुने ग्लोबल इन्फ्रास्ट्रक्चर कर्पोरेशन कन्फरेन्स २०२५ को तयारीसम्बन्धी विषयमा विशेष छलफल भएको थियो ।

राजदूत योङले हालसम्म ३५ देशले उक्त कार्यक्रममा सहभागिता सुनिश्चित गरिसकेको जानकारी दिँदै नेपालका ऊर्जा परियोजनाहरूलाई अन्तर्राष्ट्रिय जगतमा प्रस्तुत गर्न यसलाई महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्न सकिने विश्वास व्यक्त गरे ।

सो अवसरमा अपर त्रिशुली–१ जलविद्युत आयोजना र प्रसारण लाइन आयोजनासहित नेपालमा कोरियाली सहयोगमा अघि बढिरहेका विभिन्न परियोजनाका बारेमासमेत कुराकानी भएको छ ।

मन्त्री खड्काले नेपालमा भइरहेको कोरियाली सहयोग र लगानीप्रति आभार व्यक्त गर्दै प्रसारण लाइन र अन्य ऊर्जा पूर्वाधार परियोजनामा भइरहेको सहकार्यलाई सकारात्मक मोडमा अघि बढाइरहन प्रतिबद्धता जनाए ।

उनले नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा अझ थप कोरियाली लगानी आकर्षित हुने विश्वास व्यक्त गरे ।

दुवै पक्षले कन्फरेन्समार्फत नेपालको जलविद्युत क्षेत्रका सम्भावना तथा लगानी अवसरलाई उजागर गर्न सकिने र यसले द्विपक्षीय ऊर्जा सहकार्यलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ५ : ०६ बजे

मालिकामा बेसारको ‘ब्रान्डिङ’

तम्घास– गुल्मीको मालिका गाउँपालिकामा बेसारको ‘ब्रान्डिङ’ गर्न सुरुआत गरिएको छ

ट्राफिक कारबाही : चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

काठमाडौं– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६ सवारी

गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार

सिमकोट– सुत्केरी व्यथाले थलिएकी हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–१ हेक्का निवासी २८

म्याग्दीको दर्मीजामा ‘होमस्टे’ को आकर्षण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मीजामा ‘होमस्टे’ (घरबास) सञ्चालन भएको छ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आजपनि सुनको मूल्य बढेको छ । नेपाल