अशान्त विश्वमा चीन–रुस सम्बन्ध सबैभन्दा स्थीर : राष्ट्रपति सी « Khabarhub

अशान्त विश्वमा चीन–रुस सम्बन्ध सबैभन्दा स्थीर : राष्ट्रपति सी


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार चीन–रुस सम्बन्धलाई प्रमुख विश्व शक्तिहरूमध्ये ‘सबैभन्दा स्थीर, परिपक्व र रणनीतिक रूपमा महत्त्वपूर्ण’ भन्दै प्रशंसा गरेका छन् ।

रुसको ड्युमा (संसद्को तल्लो सदन) का अध्यक्ष भाचेस्लाभ भोलोडिनसँगको भेटमा उनले चीन–रुस सम्बन्धलाई ‘विश्व शान्तिको स्थिर स्रोत’ को रूपमा वर्णन गरेको चिनियाँ राज्य सञ्चारमाध्यम सिसिटिभीले जनाएको छ ।

“दुवै पक्षले… दुवै देशको सुरक्षा र विकास हितको रक्षा गर्न, ग्लोबल साउथलाई एकताबद्ध गर्न, साँचो बहुपक्षवादलाई कायम राख्न र अन्तर्राष्ट्रिय व्यवस्थामा निष्पक्षता तथा न्याय प्रवद्र्धन गर्न मिलेर काम गर्नुपर्छ”, सीले बेइजिङको भव्य ग्रेट हल अफ द पिपुलमा आयोजित भेटमा भने ।

सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि बेइजिङ र मस्कोबीचको सम्बन्ध अझ गहिरो बन्दै गएको छ ।

चीनले युद्धको निन्दा नगरेको र मस्कोलाई सेना फिर्ता लिन पनि आह्वान नगरेको स्पष्ट छ । युक्रेनका सहयोगी राष्ट्रहरूलाई चीनले आफ्नो विशाल उत्तरी छिमेकीलाई समर्थन गरिरहेको विश्वास छ । तर चीनले भने आफू तटस्थ रहेको दाबी गर्दै आएको छ र युद्ध अन्त्यका लागि नियमित आह्वान गर्दै पश्चिमी मुलुकहरूले युक्रेनलाई हतियार आपूर्ति गरेर द्वन्द्व लम्ब्याएको आरोप लगाइरहेको छ ।

यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै सप्ताहन्तमा चीन भ्रमण गर्ने तय भएको छ । उनी अगस्ट ३१ देखि सेप्टेम्बर १ सम्म उत्तरी सहर तियानजिनमा हुने साङ्घाई सहयोग सङ्गठन एससिओको शिखर सम्मेलनमा सहभागी हुनेछन् । साथै दोस्रो विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सव कार्यक्रममा पनि उपस्थित हुनेछन् ।

पुटिनले यस अवसरमा राष्ट्रपति सीसँग पनि वार्ता गर्नेछन् । उनीहरूबीच पहिले नै गहिरो व्यक्तिगत सम्बन्ध रहेको बताइन्छ ।

यसै महिना सीले फोनमार्फत पुटिनलाई मस्को–वासिङ्टन सम्बन्धमा देखिएको सुधारप्रति चीन खुसी भएको बताएका थिए ।

पुटिनले यसै महिना अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले उच्चस्तरीय वार्ता गरेका थिए । तर त्यसपछिका दिनमा शान्ति वार्तामा खास प्रगति भएको देखिएको छैन ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ६ : ३१ बजे

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ– लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा

भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह

इलाम– भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया