गुडिरहेको अटो दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते « Khabarhub

गुडिरहेको अटो दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – देवचुली नगरपालिका-६ मा सामान बोक्ने अटो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

वडा नं ६ को टोक्रेखोला पुल नजिकै कीर्तिपुरबाट दलदलेतर्फ आउँदै गरेको लु १ स ९०९४ नंंको अटो दुर्घटना हुँदा भारत मोतिहारी घर भएका ३५ वर्षीय रिजुवान खातुनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार सडकदेखि केही तल खसेको अटोमा चालकसहित १२ जना सवार थिए । घाइते सबैलाई उपचारका लागि चितवन लगिएकामा एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सबै घाइते भारतीय नागरिक रहेको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए ।

घाइते हुनेहरूमा ३५ वर्षीया सवना खातुन, १८ वर्षीया रजिया खातुन, ४२ वर्षीय मोहम्मद रजा, १५ वर्षीया मेहेक इस्तियाक, ४० वर्षीया इस्तियाक आलम, १८ वर्षीया मौजमा इमाम, १२ वर्षीया जोया इस्तियाक, ११ वर्षीय निजामुदिन हुसेन, १४ वर्षीय सावा खातुन, १२ वर्षीय उमर रजा र १६ वर्षीया कुलसुम वान रहेकी छन् । रासस

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ८ : ११ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र

सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्सबीच सहकार्य

काठमाडौं– यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा सेवाको पहुँच

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब