प्रदेश आमसञ्चार विधेयकबारे सरोकार भएकाहरूका चासोप्रति गम्भीर छौँ : मुख्यमन्त्री कार्की | Khabarhub Khabarhub

प्रदेश आमसञ्चार विधेयकबारे सरोकार भएकाहरूका चासोप्रति गम्भीर छौँ : मुख्यमन्त्री कार्की


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१’ सम्बन्धमा सरोकार भएकाहरूले राखेको चासोप्रति आफू गम्भीर रहेको बताएका छन्‌ ।

आज यहाँ नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काको नेतृत्वको टोलीबाट ध्यानाकर्षण पत्र बुझ्दै उनले प्रमुख सरोकार भएका पत्रकार नै आन्दोलित हुने अवस्था हुँदाहुँदै विधेयक अघि बढ्दा समस्या हुने बताए ।

मुख्यमन्त्री कार्कीले न्याय, प्रशासन तथा विधायन समितिबाट पारित भएर प्रदेशसभामा पेस भएको विधेयक प्रेसमैत्री नभएको विषयमा ध्यानाकर्षण भएको र आवश्यक छलफल गरेर मात्रै थप प्रक्रिया अगाडि बढाउन भूमिका खेल्ने प्रतिबद्धता जनाए । उनले चालु अधिवेशनबाट विधेयक पारित हुने सम्भावना कम रहेको बताए ।

मुख्यमन्त्री कार्कीले भने, ‘विधेयक प्रदेशसभाको क्षेत्राधिकारभित्र पर्ने भएकाले पत्रकार आन्दोलित भएको अवस्थामा अघि नबढाउनका लागि मैले आवश्य पहल गर्नेछु । संसद्भित्र प्रवेश गरिसकेको विषय सरकारको मात्रै विषय नभएकाले अन्य दलसँग समेत छलफल गरेर अगाडि बढ्नेछौँ ।’

उनले प्रदेशको सञ्चार क्षेत्रलाई व्यवस्थित गर्नका लागि यसअघि स्थापना गरिएको सञ्चार प्रतिष्ठान तत्कालीन सरकारले खारेज गर्दा महासङ्घसहितका पत्रकार सङ्गठनले विरोध नजनाएकामा गुनासो व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले आफू कोशी प्रदेश सरकारमा आएदेखि नै पत्रकारहरूको एउटा दर्विलो संस्था बनाउने इच्छा रहेको उल्लेख गर्दै कानुनमार्फत नै संस्था बनाएर काम गर्ने सोचअनुरूप विधेयक ल्याइएको धारणा राखे ।

पत्रकार महासङ्घले समाचार लेखेकै आधारमा पत्रकारलाई रु एक लाखसम्म दण्ड जरिवाना गर्ने, प्रेस रजिस्ट्रारले जरिवाना र क्षतिपूर्ति भराउने आदेश गर्न सक्नेजस्ता व्यवस्थासहित प्रदेशसभामा पेस भएको विधेयकप्रति असहमति जनाउँदै आन्दोलन गरिरहेको छ । रासस

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ९ : ०२ बजे

यसरी मनाइयो धनवन्तरी जयन्ती

काठमाडौं– प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी

गृहले प्रजिअहरूलाई भन्यो : देशमा सुरक्षा चुनौती बढेको छ, सीमाक्षेत्रमा पनि सतर्क रहनू

काठमाडौं- गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आइतबार ६२ बुँदे

गृह मन्त्रालयद्वारा शान्ति सुरक्षा कायम गर्न निर्देशन

काठमाडौं– गृह मन्त्रालयले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र प्रभावकारी

‘समस्या समाधान गर्न राजसंस्थालगायत सबै शक्तिबीच सर्वपक्षीय संवाद आवश्यक’

काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राष्ट्रको समस्या समाधान गर्न