दोलखामा सडक दुर्घटनाः गौरीशंकर क्याम्पसका स्ववियू सभापतिसहित दुई जनाको मृत्यु « Khabarhub

दोलखामा सडक दुर्घटनाः गौरीशंकर क्याम्पसका स्ववियू सभापतिसहित दुई जनाको मृत्यु


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोलखामा मोटरसाइल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।दोलखाको भिमेश्वर नगरपालिका–६ रमितेडाँडामा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो।

लामोसाँघु–जिरी सडकखण्डको रमितेडाँडा दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियू सभापति २४ वर्षीय शिरिस बस्नेत र बैतेश्वर–३ का २६ वर्षीय श्यामबहादुर खत्रीको मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ।

स्ववियू सभापतिसमेत रहेका बस्नेतले चलाएको बा. ३ प ८८९९ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आइरहेको बा.प्र.०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकलसँग ठक्कर खाँदा दुर्घटना भएको हो।दुर्घटनाका दुवैजना घाइतेलाई उपचारका लागि चरिकोट लगिएको थियो।प्रहरीका अनुसार चरिकोटको च्छोरोल्पा अस्पताललले मृत घोषणा गरेको हो।

सामान्य घाइते भएका अर्को मोटरसाइकलका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ८ : ४२ बजे

भूकम्पपीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस मनाइँदै

काठमाडौँ– आज भूकम्पपीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस हो । यो दिवस

काठमाडौँमा शासन गरेका यलम्बरको सालिक राजधानी बाहिर किन ?

नेपालको राजनीतिक इतिहासमा प्रारम्भिक चरणका धेरै ऐतिहासिक विवरणहरु अझै पनि

सञ्चारमन्त्रीको एक महिना : ११ हजार सट्टेबाजी एप बन्द

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारको १०० बुँदे

कांग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक बस्दै

काठमाडौँ– सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्ययादेश ल्याउने

ओमानविरुद्ध पहिला बलिङ गर्दै नेपाल, गुल्सन झा प्लेइङ–११ मा

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत अहिले जारी हुने खेलमा