विहीबार साउथ अस्ट्रेलियासँग दुई टी–२० प्रतिस्पर्धा गर्दै नेपाल | Khabarhub Khabarhub

विहीबार साउथ अस्ट्रेलियासँग दुई टी–२० प्रतिस्पर्धा गर्दै नेपाल

नेपाल ‘ए’ र आसाम प्रदेशको खेल भोलिदेखि


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले विहीबार साउथ अस्ट्रेलियासँग दुई वटा टी–२० खेल खेल्दैछ । पहिलो खेल बिहान ५ :१५ बजे सुरु हुनेछ । पहिलो खेल सकिए लगत्तै नेपालले सोही टिमसँग ९ :१५ बजे दोस्रो खेल खेल्नेछ ।

यसअघि मंगलबार भएका दुई खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरोटरी (एसिटी)सँग प्रतिस्पर्धा गरिसकेको छ । मंगलबार बिहानको पहिलो खेलमा नेपालले ४१ रनको जित निकालेको थियो भने दोस्रो खेलमा ६ विकेटको जित हात पार्यो ।

पहिलो खेलमा नेपाललाई जित दिलाउन ह्याट्रिकसहित सन्दीप लामिछानेले पाँच विकेट हात पारेका थिए भने दोस्रो खेलमा दीपेन्द्रसिंह ऐरी र साहब आलमले समान चारचार विकेट लिएका थिए ।

विहीबार दुई वटा टी–२० सिरिज खेलेपछि नेपालले अस्ट्रेलियामा एउटा ओडिआई प्रतिस्पर्धा गर्नेछ । नेपालले शनिबार साउथ अस्ट्रेलियासँग ओडिआइ प्रतिस्पर्धा गर्नेछ । उक्त खेल शनिबार बिहान ५:१५ बजे सुरु हुनेछ ।

त्यसैगरी विहीबार नै नेपाल ‘ए’ टिमले भारतमा टी–२० सिरिज खेल्दैछ । भारतको गुवाहटीमा अगस्ट २८ देखि सेप्टेम्बर ३ तारिखसम्म आसाम प्रदेशसँग सिरिज खेल्न लागेको हो । क्यानले भारत भ्रमणका लागि अनिलकुमार शाहको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टोली घोषणा गरेको छ । नेपाल ‘ए’ टिमले पहिलो खेलमा आसामसँग विहीबार बिहान ११ बजे प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  १२ : ५९ बजे

टी–२० विश्वकप छनाेट: ओमानविरुद्ध नेपालको उत्कृष्ट जित

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक

ओमानविरुद्ध गुल्शनले लिए लगातार दुई विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक

एएफसी यू–१७ एसियन कप छनोटः नेपाल र तुर्कमेनिस्तानबीचको खेल बराबरीमा

काठमाडौं – एएफसी यू–१७ महिला एसियन कप छनोटको आफनो पहिलो

नेपाल टी–२० विश्वकपमा छनोट भएपछि भारतीय दूतावास र आईपीएल टिमहरूको बधाई

काठमाडौं– भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप

नेपालले लियो ओमानको तेस्रो विकेट

काठमाडौ– आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको