कुमारी बैंकका ७ शाखाहरूको एकैदिन उद्घाटन « Khabarhub

कुमारी बैंकका ७ शाखाहरूको एकैदिन उद्घाटन


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुमारी बैंक लिमिटेडले काठमाडांै उपत्यकाभित्र तथा बाहिर गरेर आफ्ना सात नयाँ शाखाहरूको शुभारम्भ गरेको छ ।

काठमाडांैस्थित नयाँ वानेश्वर शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप ज. ब. राणा र नागरिक लगानी कोषका प्रमुख प्रशासक रमण नेपालज्यूले संयुक्त रूपमा सम्पन्न गरे । यसैगरी, कीर्तिपुर शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य महेश प्रसाद पोखरेल र कीर्तिपुर नगरपालिका ९ का वडाअध्यक्ष श्री गंगाराम महर्जनले गरेका थिए ।

साथै, काभ्रेस्थित बनेपा शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य श्री कृष्ण प्रसाद ज्ञवालीज्यू तथा बनेपा नगरपालिकाका मेयर श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठले संयुक्त रूपमा गरेका थिए ।

बैंकले उपत्यकाबाहिर भने नवलपरासीस्थित गैंडाकोट, बारास्थित जितपुर, चितवनस्थित पुरानो पर्सा, पर्सास्थित सिर्सियामा गरी कूल ४ शाखाहरूको औपचारिक उद्घाटन गरेको छ ।

उपत्यका बाहिरका शाखाहरुको भौतिक उद्घाटन सम्बन्धित ठाउ‘बाट भएतापनि मोबाईल प्रविधिबाट विद्युुतीय ई–उद्घाटन बैंकको केन्द्रिय कार्यालयबाटै बैंकका संचालक समिति, बैंकका उच्च पधादिकारी तथा अन्य कर्मचारीको उपस्थितिमा सम्पन्न भएको हो ।

उक्त उन्नत प्रविधि मार्फत सम्पन्न समारोह नेपाली बैंकिङ्ग क्षेत्रकै लागी नवीन शैलीमा गरिएको उद्घाटनको एक उदाहरण हो ।

जसपश्चात, कुमारी बैंक समसामयिक प्रविधिको द्रुत अनुकरण गर्न सफल बैंकको रूपमा दर्शिएको छ ।

विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका १०७ शाखा संजाल, ९३ एटिएम्,, ८ शाखारहित बैंकिङ्ग ईकाईहरू तथा ३ एक्सटेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरूलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू आगामी दिनहरूमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  २ : १३ बजे

खुश्बुलाई गृहमन्त्रीको आश्वासन : प्रक्रियामा जानुहोस्, कारबाही अघि बढ्छ 

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की

रविलाई आङ्देम्बेको प्रश्न- दिल्लीमा पुग्दा किन सीमा र कालापानीको उच्चारण नगरेको ? 

काठमाडौं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रवि लामिछाने

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

काठमाडौं- परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ

‘प्रधानमन्त्री गैर जिम्मेवार बन्नुभयो भन्दैमा प्रतिपक्ष गैर जिम्मेवार बन्दैन’ 

काठमाडौंं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री गैर

कांग्रेसले भन्यो- र्‍याप गाएकै शैलीमा सदनमा उपस्थित हुँदा प्रधानमन्त्रीको गरिमा ध्वस्त भयो

काठमाडौ– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे संसद्मा प्रधानमन्त्री बालेन