आरन व्यवसायलाई आधुनिक बनाउन सहयोग गर्दै हिलिहाङ | Khabarhub Khabarhub

आरन व्यवसायलाई आधुनिक बनाउन सहयोग गर्दै हिलिहाङ


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– हिलिहाङ गाउँपालिकाले परम्परागत रूपमा आरन सञ्चालन गरिरहेका १० जनालाई उपकरण उपलब्ध गराएको छ । गाउँपालिकाले मङ्गलबार १० जना व्यवसायीलाई वेल्डिङ मेसिन, ड्रिल मेसिन, वेल्डिङ रड र ड्रिलबिट प्रदान गरेको हो । 

हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीका अनुसार दुई लाख ४८ हजार रुपैयाँ लागतमा ती उपकरण खरिद गरी व्यवसायीलाई वितरण गरिएको हो । 

‘आरन चलाउनेको सङ्ख्या घट्दै गएको छ । पहिलो चरणमा १० जनालाई सहयोग गरेका छौँ, गाउँपालिकाको सहयोगले व्यवसायलाई नयाँ रुपमा विकास गरी आम्दानी बढाउन सहयोग पुग्ने अपेक्षा गरेका छौँ’, अध्यक्ष अधिकारीले भने । यहाँका विशेषतः गाउँघरमा कृषि र घरायसी प्रयोगका औजार निर्माण र मर्मत गरिन्छ ।

त्यसैगरी, चालु आवमा सङ्घीय सरकारले दलित समुदायका परम्परागत पेसा व्यवसाय प्रवर्धन गर्न ५० लाख विशेष अनुदान उपलब्ध गराएको उनले बताए । उक्त बजेटले अधिकांश आरन व्यवसायीलाई आवश्यक सामग्री उपलब्ध गराउने अधिकारीले बताए ।

परम्परागत रूपमा सञ्चालित आरनबाट निर्मित औजार गुणस्तरीय हुने भए पनि अहिले बजारमा पाइने औजारभन्दा मूल्य बढी पर्ने गरेको छ । यहाँका आरनलाई आधुनिक बनाउन सके उत्पादित औजारको मूल्य पनि घट्ने उत्पादकहरू बताउँछन् । 

आगामी वर्षमा भने गाउँपालिकाले तथ्याङ्क सङ्कलन गरी आवश्यकताका आधारमा सामग्री उपलब्ध गराउने तयारी गरेको छ ।
 
हिलिहाङ–६ का सन्तवीर रसाइलीका अनुसार परम्परागत आरनमा निर्मित सामग्रीले राम्रो मूल्य पाउने भए पनि आरनलाई आधुनिक बनाउन सरकारी सहयोग आवश्यक छ । 

आरनलाई धेरै परिश्रम नलाग्ने बनाइदिए हामीलाई सजिलो हुन्थ्यो । अधिकांश दलितहरूसँग पर्याप्त जग्गाजमिन र आम्दानीको स्रोत नभएकाले गाउँपालिकाले निरन्तर सहयोग गर्नुपर्नेमा उनको जोड छ । 

गाउँ कार्यपालिकाकी सदस्य गङ्गामाया विश्वकर्मा हिलिहाङमा करिब १०० घरमा परम्परागत आरन व्यवसाय रहेकामा सरकारी तवरबाटै परम्परागत पेसालाई सम्मान गर्न सके मात्र व्यावसायिक रूप लिन सक्ने बताउँछिन् । रासस

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  १२ : २२ बजे

‘रुबीकुमारीको हत्या’पछि आत्मदाह प्रयास गर्दा जलेका लक्ष्मणको पनि मृत्यु

काठमाडौँ- सुटकेसमा प्याक गरिएको अवस्थामा भेटिएकी रुबीकुमारी साह हत्याकाण्डका मुख्य

दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय 

काठमाडौं– सरकारले सात दिनभित्र सामाजिक सञ्जाल दर्ता हुनुपर्ने निर्णय गरेको

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति र उपराष्ट्रपति भेट्ने, यी हुन् भ्रमण टोलीका सदस्य  

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन जाने भएका छन्

सामाजिक सञ्जाल दर्ताका लागि सात दिनको अन्तिम म्याद

काठमाडौं– सरकारले सात दिनभित्र सामाजिक सञ्जाल दर्ताका लागि सार्वजनिक रूपमा