बिहीबार भगवान विष्णुको पूजा | Khabarhub Khabarhub

बिहीबार भगवान विष्णुको पूजा


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल भदौ १२ गते बिहीबार। भाद्र शुक्ल पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ अगष्ट २८ तारिख। ऋषिपञ्चमी व्रत। आज सप्तऋषिको पूजा हुन्छ।

बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु हुन्छ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।

कसरी पूजा गर्ने ?
बिहान स्नानपछि पहेँलो वस्त्र धारण गर्ने। त्यसपछि पहेँलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने। यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गरौँ। यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ।

यो व्रत १३ महिना वा कम्तिमा ७ महिनासम्म लिनुपर्छ भन्ने मान्यता छ। व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ५ : २६ बजे

युवाको उमेर अब १८-३५ वर्ष कायम हुने

काठमाडौं– युवाको उमेर अब १८ देखि ३५ सम्म कायम हुने

फिल्म ‘नो एन्ट्री २’ मा पुराना कलाकार नदोहोरिने 

काठमाडौं – निर्देशक अनिष बज्मीले आफ्नो सुपरहिट फिल्म ‘नो एन्ट्री’ को

सामुदायिक वन : ग्रामीण विकासका आधार

अर्घाखाँची– जिल्लाको शितगङ्गा नगरपालिकाले सामुदायिक वनमार्फत गाउँलाई हरित, विकसित र

मधेशमा हैजाको प्रकोप बढ्दै, सङ्क्रमितको सङ्ख्या ५४० पुग्यो 

काठमाडौं– मधेश प्रदेशमा फैलिएको हैजाको प्रकोप बढ्दै गएको छ। इपिडिमियोलोजी

ह्वाइट हाउसद्वारा सीडीसी प्रमुखलाई बर्खास्त गरिएको पुष्टि

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)