ओमानबाट कप्तान पारसले भने- यसपटकको दशैं खेलेरै मनाइन्छ « Khabarhub

ओमानबाट कप्तान पारसले भने- यसपटकको दशैं खेलेरै मनाइन्छ


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोली ५ देशबीचको टि–२० शृङ्खलाका लागि ओमानमा छ । शनिबारदेखि शुरु हुने शृङ्खलामा नेपालले आइतबार पहिलो खेल हङकङसँग खेलेर शृङ्खलाको शुरुवात गर्दैछ ।

दशैंको मुखमा विदेश गएको नेपालले यसअघि सिंगापुरमा सम्पन्न त्रिकोणात्मक टि–२० शृङ्खला खेलिसकेको छ । दशैंमा ओमानमा रहेका नेपाली टोलीका कप्तान पारस खड्काले यो बर्षको दशैं खेलेरै मनाउने बताएका छन् ।

उनले खबरहबसँग भने,‘यसपालिको दशैं खेलेरै मनाउँछौं । शृङ्खला सकिएपछि नेपाल फर्किएर टीका लगाउछौं,’ कप्तान खड्काले भने,‘खेलाडी जीवन यस्तै हो ।’

सिंगापुरविरुद्धको त्रिकोणात्क शृङ्खलामा ऐतिहासिक शतक प्रहार गरेका कप्तान खड्काले अगाडि भने,‘खेल भएपछि कुनै विकल्प रहँदैन ।’

हङकङसँग खेल्दै शृङ्खला शुरु गर्ने नेपालले दोस्रो खेल सोमबार नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीले तेस्रो खेल बुधबार आयरल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

यस्तै, शृङ्खलाको अन्तिम खेल नेपालले बिहीबार ओमानसँग खेल्नेछ । खेल ओमान क्रिकेट टर्फ ग्राउण्डमा हुनेछ ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ५ : ०६ बजे

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल भदौ ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु