कार्तिक आर्यनको नयाँ फिल्म लाइनअप : जम्बी-थ्रिलरदेखि नाग जिल्लासम्म ! | Khabarhub Khabarhub

कार्तिक आर्यनको नयाँ फिल्म लाइनअप : जम्बी-थ्रिलरदेखि नाग जिल्लासम्म !


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउडका स्टार कार्तिक आर्यन पछिल्ला दिनमा आफ्नो चलचित्र करिअरलाई फरक-फरक शैलीले भरिपूर्ण बनाउन तिव्र गतिमा अघि बढिरहेका छन्। निर्देशक समीर विद्वांसको ‘तू मेरी मे तेरा’ र अनुराग बासुको रोमान्टिक फिल्म पूरा गरेपछि, कार्तिक अब मृगदीप सिंह लाम्बा निर्देशित प्राणी-कमेडी फिल्म ‘नागजिल्ला’मा देखिन लागेका छन्। अनौठो हास्य, ड्रामा र अभिनव कथाले भरिएको यस प्रोजेक्टले दर्शकलाई नयाँ प्रकारको मनोरञ्जन दिने विश्वास गरिएको छ।

यसैबीच, पिंकभिलाको रिपोर्टअनुसार, कार्तिकले ‘शेरशाह’ फिल्मका निर्देशक विष्णुवर्धनसँग जम्बी-थ्रिलर फिल्मका लागि छलफल गरिरहेका छन्। भारतीय मिडिया अनुसार, “कार्तिक आर्यन केही समयदेखि जम्बी फिल्ममा काम गर्न उत्साहित थिए । विष्णुवर्धनले तयार पारेको अद्वितीय कथा सुनेपछि उनी तुरुन्तै आकर्षित भए। उनले प्रोजेक्टलाई स्वीकृति दिइसकेका छन् भने २०२६ जुलाईदेखि छायांकन सुरु गर्ने योजना बनाइएको छ।”

अभिनेता कार्तिकले २०२५ नोभेम्बरसम्म अनुराग बासुको प्रोजेक्ट पूरा गर्नेछन्। त्यसपछि उनी फिल्म ‘नागजिल्ला’ र फिल्म ‘क्याप्टेन इन्डिया’मा लाग्नेछन्। साथै, उनी थप दुईवटा फिल्मबारे पनि छलफलमा छन्, तर विवरण भने सार्वजनिक गरिएको छैन।

कार्तिकको व्यस्त समयतालिका हेर्दा, आगामी वर्षमा दर्शकलाई नयाँ-नयाँ शैलीका फिल्ममार्फत रोमाञ्चक अनुभव दिने निश्चित देखिन्छ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ७ : ०० बजे

आयातित उपभोग्य वस्तु परीक्षण गरेर उपभोग गर्न दिनेछौँ : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बाहिरबाट आयात हुने

रुसी आक्रमणबाट युक्रेनस्थित ईयू नियोगको कार्यालयमा क्षति

किएभ- युरोपेली सङ्घका प्रमुख एन्टोनियो कोस्टाले युक्रेनको राजधानी किएभमा रुसले

पाकिस्तानमा बाढीका कारण एक लाख ५० हजार विस्थापित

इस्लामावाद- भारतको बाँधबाट अतिरिक्त पानी छोडेको चेतावनी पाएपछि पाकिस्तानी अधिकारीहरूले

राष्ट्रपति पौडेल सङ्खुवासभामा

खाँदबारी– राष्ट्रपति रामचन्द्र पौडेल  मादी माध्यामिक विद्यालयको हीरक महोत्सवका अवसरमा

नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापना गर्न समझदारी

काठमाडौं– लगानी बोर्ड र दक्षिण कोरियाली जि–फिलोस कम्पनी लिमिटेडबीच नेपालमा