नेपाल साउथ अस्ट्रेलियासँग पराजित « Khabarhub

नेपाल साउथ अस्ट्रेलियासँग पराजित


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोली आफ्नो पहिलो अभ्यास खेलमा साउथ अष्ट्रेलियासँग पराजित भएको छ । अष्ट्रेलिया आज भएको खेलमा नेपाल साउथ अष्ट्रेलियासँग तीन विकेटले पराजित भएको हो । 

नेपालले प्रस्तुत गरेको एक सय ४७ रनको लक्ष्य पछ्याएको साउथ अष्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । साउथ अष्ट्रेलियाका लागि विन्टरले सर्वाधिक ३६ रनको योगदान दिए । होगेनबोइजिमले २८, कप्तान हार्वेले २७, ड्रियुले २४ र मनेन्टीले २२ रनको योगदान दिए ।

नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादवले दुई र कप्तान रोहितकुमार पौडेलले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४६ रनको योगफल बनाएको थियो । 

नेपालका लागि भीम सार्कीले सर्वाधिक ३२ रनको योगदान दिए भने  दीपेन्द्रसिंह ऐरीले २६, आसिफ शेखले २२, आरिफ शेखले २१ र सोमपाल कामीले अविजित १८ रन बनाए । साउथ अष्ट्रेलियाका लागि थोम्पसन, ब्राउन र मनेन्टीले समान दुई/दुई विकेट लिए भने म्याकफाडेन र मेन्जिसले समान एक/एक विकेट लिए । रासस

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ११ : ४० बजे

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ