भारतबाट बढेको मूल्यसूची आएपनि तत्काल पेट्रोलियम पदार्थको मूल्य नबढ्ने « Khabarhub

भारतबाट बढेको मूल्यसूची आएपनि तत्काल पेट्रोलियम पदार्थको मूल्य नबढ्ने


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल आयल निगमले चाडपर्वलाई मध्यनजर गर्दै इन्धनको साविकको बिक्री मूल्यलाई नै यथावत राख्ने भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भए पनि निगमले चाडपर्वलाई लक्षित गरी तत्काल मूल्यवृद्धि  नगर्ने स्पष्ट पारेको हो ।

भारतीय आयल कर्पोरेशनले निगमलाई अगष्ट १ तारिखमा पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ छ पैसा, डिजेलमा तीन रुपैयाँ ३६ पैसा, मट्टितेलमा दुई रुपैयाँ ६२ पैसा, हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ ६४ पैसा तथा एलपी ग्यासको मूल्यमा प्रतिसिलिण्डर १५ रुपैयाँ ९८ पैसाले बढेर आएको निगमले जनाएको छ ।

काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु १०७, डिजेल/मट्टितेल रु ९५, हवाई इन्धन (आन्तरिक) रु ९४.५०, हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतिलिटर एक अमेरिकी डलर र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ३५० रहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ८ : ०० बजे

काठमाडौं र ललितपुरबाट लाखौँको धनमाल चोरी

काठमाडौ– काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट लाखौँको धनमाल चोरी भएको

हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको

अत्याधुनिक क्यामेराबाट बाघ गणना सुरु

चितवन– मुलुकमा प्रत्येक चार वर्षमा गरिने बाघ गणना आजदेखि सुरु

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं–  चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक

बीपी क्यान्सर अस्पताललाई चिनियाँ दूतावासको विद्युतीय गाडी

काठमाडौं- नेपालस्थित चिनियाँ दूतावासले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनलाई