श्रीलंकाका सञ्चारकर्मी भारतमा प्रशिक्षण लिँदै « Khabarhub

श्रीलंकाका सञ्चारकर्मी भारतमा प्रशिक्षण लिँदै


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा श्रीलंकाका सञ्चारकर्मीका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । भारतमा श्रीलंकाली सञ्चारकर्मीका लागि दुई साता लामो प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

यस कार्यक्रमबारे भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले जानकारी सार्वजनिक गरेका छन् । यस कार्यक्रम भारतको उडिशा राज्यमा आयोजना गरिएको छ ।

कार्यक्रममा सञ्चारकर्मीलाई प्रशिक्षण प्रदान गर्नुका साथै भारतमा क्षेत्रीय सञ्चारमाध्यमका बारेमा जानकारी दिइने जनाइएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार गत अप्रिल महिनामा प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलंका भ्रमण गरेका थिए ।

उक्त भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले विभिन्न क्षेत्रमा काम गर्ने श्रीलंकाका ७ सय जनालाई तालिम प्रदान गर्ने घोषणा गरेका थिए ।

सोही घोषणाका आधारमा श्रीलंकाली सञ्चारकर्मीहरु भारत भ्रमणमा आएको एएनआईले जनाएको छ । भारतको यस कदमबाट द्विपक्षीय सम्बन्धका साथै जनस्तरको सम्पर्कमा अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ९ : ५४ बजे

फिल्म ‘मिरमिरे’को शीर्ष गीत सार्वजनिक

काठमाडौं – यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मिरमिरे’को

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

मन्थली– ऊर्जा जलस्रोत एवं सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै

रविले प्रधानमन्त्रीलाई सुनाए पोल : कांग्रेस–एमाले निर्वाचन बिथोल्दैछन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलबाट छुटेपछि आइतबार

जापानको उपग्रह प्रक्षेपणमा असफलता, जीपीएस सुधार योजना प्रभावित

टोकियो– जापानको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार, सोमबार प्रक्षेपण

‘पूर्णबहादुरको सारङ्गी’को क्रिडिट लिन पाएका तीनै फिल्म फ्लप

काठमाडौं – ०८१ कात्तिकमा प्रदर्शनमा आएको ‘पूर्णबहादुरको सारङ्गी’ व्यापारिक रुपमा