श्रीलंकाका सञ्चारकर्मी भारतमा प्रशिक्षण लिँदै « Khabarhub

श्रीलंकाका सञ्चारकर्मी भारतमा प्रशिक्षण लिँदै


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा श्रीलंकाका सञ्चारकर्मीका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । भारतमा श्रीलंकाली सञ्चारकर्मीका लागि दुई साता लामो प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

यस कार्यक्रमबारे भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले जानकारी सार्वजनिक गरेका छन् । यस कार्यक्रम भारतको उडिशा राज्यमा आयोजना गरिएको छ ।

कार्यक्रममा सञ्चारकर्मीलाई प्रशिक्षण प्रदान गर्नुका साथै भारतमा क्षेत्रीय सञ्चारमाध्यमका बारेमा जानकारी दिइने जनाइएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार गत अप्रिल महिनामा प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलंका भ्रमण गरेका थिए ।

उक्त भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले विभिन्न क्षेत्रमा काम गर्ने श्रीलंकाका ७ सय जनालाई तालिम प्रदान गर्ने घोषणा गरेका थिए ।

सोही घोषणाका आधारमा श्रीलंकाली सञ्चारकर्मीहरु भारत भ्रमणमा आएको एएनआईले जनाएको छ । भारतको यस कदमबाट द्विपक्षीय सम्बन्धका साथै जनस्तरको सम्पर्कमा अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ९ : ५४ बजे

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील