वार-२ पछि केजीएफ निर्देशक प्रशान्त निलसँग सहकार्य गर्दै « Khabarhub

वार-२ पछि केजीएफ निर्देशक प्रशान्त निलसँग सहकार्य गर्दै


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार जुनियर एनटीआर सधैं पर्दामा आफ्नो ऊर्जा र बहुमुखी प्रतिभाले दर्शकलाई मन्त्रमुग्ध पार्ने कलाकारका रूपमा परिचित छन्। उनले थुप्रै हिट फिल्ममार्फत आफ्नो स्टारडमलाई बलियो बनाएका छन्। हालै प्रदर्शनमा रहेको फिल्म ‘वार २’ मा बलिउड अभिनेता ऋतिक रोशनसँगको जोडीले हिन्दी दर्शकलाई पहिलो पटक पूर्ण भूमिकामा देख्ने अवसर दियो, तर फिल्मले अपेक्षा अनुसार प्रदर्शन गर्न सकेन। बक्स अफिसमा मध्यम व्यापार भए पनि एनटीआरका लागि असफलताको संकेत होइन, बरु उनले अर्को ठूला चुनौतीका लागि बाटो खुलेका छन्।

सबैको ध्यान अहिले ‘एनटीआर निल’ प्रोजेक्टतर्फ केन्द्रित छ। ब्लकबस्टर फिल्म ‘केजीएफ’ सिरिजका निर्देशक प्रशान्त निल र एनटीआरको जोडीले यो फिल्मलाई प्यान-इन्डियाका लागि विशेष बनाउने निश्चित छ। मिथ्री मुभी मेकर्स र एनटीआर आर्ट्सको निर्माणमा तयार हुँदै गरेको यो फिल्म उच्च बजेट र गुणस्तरीय उत्पादनको प्रत्याभूत छ।

यो फिल्म सन् २०२६ जुन २५ मा रिलिज गर्ने तय गरिएको छ। यस फिल्मले अभिनेता एनटीआरको अभिनय दायरालाई अझ व्यापक बनाउने र उनको प्यान-इन्डिया अपिललाई मजबुत बनाउने आशा गरिएको छ।

त्यसैगरी, एनटीआर निर्देशक त्रिविक्रम श्रीनिवाससँग अर्को चुनौतीपूर्ण परियोजनामा पनि काम गर्दैछन्। हिन्दू पुराणमा आधारित यो फिल्ममा उनी कुमार स्वामीको भूमिकामा देखिनेछन्। यो भूमिका उनको सामान्य एक्शन पात्रभन्दा फरक छ र दर्शकलाई नयाँ प्रकारको अभिनय अनुभव दिनेछ। ‘एनटीआर निल’ र ‘कुमार स्वामी’ दुबै फिल्मले उनको करियरमा नयाँ अध्याय खोल्ने सम्भावना राख्छ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ६ : ४२ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग