हाँडीगाउँमा सडक महोत्सव, अनेक परिकारका खाना चाख्न पाइने « Khabarhub

हाँडीगाउँमा सडक महोत्सव, अनेक परिकारका खाना चाख्न पाइने


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  रमाऊँ, कमाऊँ र बचाऊँ भनेर सुरु गरिएको शनिबारीय हाँडीगाउँ सडक फुड स्टल अहिले हाँडीगाउँ सडक महोत्सवका रूपमा रूपान्तरण हुँदै गएको छ । 

दुई वर्षअघि इन्द्रजात्राको अवसरमा स्थानीय खानाका परिकारहरूका साथै ऐतिहासिक हाँडीगाउँको स्थानीय संस्कृति, जात्रा, पर्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले शनिबार दिउँसो २ बजेदेखि बेलुकी ८ बजेसम्म सडक फुड स्टल सुरु गरिएको थियो । हाँडीगाउँ कृष्ण मन्दिरदेखि कोटालटोल  (भमरकुँ)  सम्म सवारी साधन आवतजावत समेत बन्द गरी सुरु गरिएको फुड स्टल अहिले लोकप्रिय हुँदै हाँडीगाउँ सडक महोत्सवकै रूपमा रूपान्तरण हुँदै गएको छ । 

काठमाडौं महानगरपालिका वडा नं. ५ को प्रत्यक्ष संलग्नतामा गठन भएको नर: दे जीवन्त हाडीगाउँ समितिले हाँडीगाउँ सडक  फुड स्टललाई व्यवस्थित रूपमा अगाडि बढाइरहेको छ । 

सडक फुड स्टल आजको हाँडीगाउँ महोत्सवको रूपमा आउनुको सन्दर्भमा नर: दे जीवन्त हाँडीगाउँ समितिका अध्यक्ष गोपाल डंगोल भन्छन्, ‘विभिन्न देशमा कार फ्री फ्राइडे मनाएको देखेका, सुनेका थियौँ, जसले एकातिर वातावरण प्रदूषण कम हुने अर्कातिर व्यस्त सहरीकरणका कारण खेल्न नपाएका बालबालिकाले खुल्ला ठाउँमा खेल्न पनि पाउने, सँगसँगै हाम्रो मौलिक कला संस्कृति प्रदर्शन गर्न पनि सकिने भएर हामीले स्थानीय संघसंस्था र स्थानीयवासीसँग विभिन्न चरणमा छलफल गरी शनीबारीय सडक फुड स्टल सुरु गरेका हौँ । अहिले महोत्सवकै रूपमा विकास हुँदै गएको छ । यसमा काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनीता डङ्गोल एवं वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापतिले निकै हौसला प्रदान गर्नुभएको छ ।’

डङ्गोलले भने, हाम्रो हाँडीगाउँको आफ्नै मौलिक इतिहास छ। हाम्रो अन्यत्र कतै नभएका मौलिक संस्कृति परम्परा छन्, जात्रापर्व छन्, बाजागाजा छन्, चर्या नृत्यलगायतका ऐतिहासिक नृत्य छन्, मूर्त अमूर्त सम्पदाले सम्पन्न छौँ, तर हाम्रै देशमा पनि यसको बारेमा धेरैलाई थाहा छैन, त्यसैले हाम्रो सम्पदालाई देशविदेशमा चिनाउनु पनि हामीले हाम्रो कर्तव्य ठानेका छौँ ।’

 शनीबारीय फुड स्टललाई केवल स्थानीय परिकार प्रस्तुत गर्ने रूपमा मात्र लिएको डङ्गोलले बताए । उनले भने, ‘ऐतिहासिक सम्पदालाई प्रस्तुत गर्ने अर्थात् देखाउने अवसरका रूपमा पनि लिएका छौँ । हरेक शनिबार हाँडीगाउँको शनिबारीय सडक फुड स्टल हेर्न, स्थानीय मौलिक परिकारको स्वाद लिन र हाम्रा साँस्कृतिक झाँकीहरू अवलोकन गर्न  १०० देखि १५० जनासम्म बाह्य पर्यटकका साथै उल्लेख्य रूपमा आन्तरिक पर्यटक आउने गर्नुहुन्छ ।’

शनीबारीय हाँडीगाउँ सडक फुड स्टल व्यवस्थित गर्ने सन्दर्भमा अध्यक्ष डङ्गोलको भनाइ छ ।

विगत ५/६ महिनादेखि राम्रो व्यापार हुने फुड स्टलहरूबाट ५०० रुपैयाँ र कम व्यापार हुने फुड स्टलबाट ३०० रुपैयाँ सम्म शुल्क लिने गरिएको छ । कतिपय स्टललाई निःशुल्क पनि दिइएको डंगोलले बताए ।  

हाँडीगाउँको शनिबारीय सडक फुड स्टलमा आफ्ना स्थानीय परिकारहरू खुवाउने नर: भिंन्तुना पुच: का संयोजक रमा महर्जन भन्छिन्,  ‘४०/५० हजारसम्म बिक्री गर्छौँ । आर्थिक रूपमा पनि राम्रो भएको छ । अझै धेरै मान्छेहरू आइदिउन् ।  हाम्रो मठ मन्दिरको संरक्षण होस्, सांस्कृतिक झाँकीहरू सधैँ प्रस्तुत भइरहुन् ।” 

त्यसैगरी अर्को फुडस्टल राख्नुहुने ‘जय अजिमा नेवारी खाजा घर’ का कृष्णमाया प्रजापति भन्छिन्, ‘शनिबारीय फुड स्टल रमाइलो लागिराखेको छ । भित्र राख्नुभन्दा बाहिर व्यापार राम्रो छ, ४० हजार जति बिक्री हुन्छ । ‘

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ११ : ३६ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका