भारतबाट सामान ल्याउनेसँग लिएको घुससहित सशस्त्र प्रहरीका हवल्दार र जवान पक्राउ « Khabarhub

भारतबाट सामान ल्याउनेसँग लिएको घुससहित सशस्त्र प्रहरीका हवल्दार र जवान पक्राउ


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सशस्त्र प्रहरीका हवल्दार र जवान २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

भारतबाट मालसामान क्यारिङ गरी ल्याउने व्यक्तिसँग लिएको घुससहित सशस्त्र प्रहरी हवाल्दार ज्ञाबहादुर चौधरी र सशस्त्र प्रहरी जवान रतिराम चौधरी पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरस्थित कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई घुससहित पक्राउ गरेको हो ।

दुवै जनालाई घुस रकम लिइसकेको अवस्थामा कैलालीको भजनी नगरपालिका–१ स्थित वेलकम कटेज नजिकबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

घुस रकमसहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ९ : ०२ बजे

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर