संघ–संस्था ऐनको मस्यौदाले मौलिक हक संकुचन गर्छ : सिजप | Khabarhub Khabarhub

संघ–संस्था ऐनको मस्यौदाले मौलिक हक संकुचन गर्छ : सिजप


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संघसंस्था ऐन-२०८२ को मस्यौदा विधेयकप्रति बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गृह मन्त्रालयद्वारा राष्ट्रिय निर्देशन ऐन, २०१८, संस्था दर्ता ऐन, २०३४ र समाज कल्याण ऐन, २०४९ लाई एकीकृत गरी तयार पारिएको संघसंस्था ऐन, २०८२ को मस्यौदामाथि सर्वसाधारणको सुझाव माग गरेकोमा यसको प्रक्रिया र मस्यौदामा समावेश प्रावधानप्रति सिजपले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तिमा विधेयकका प्रस्तावित दफाले संविधानको धारा १७(२) (घ) अन्तर्गत प्रत्याभूत गरिएको संघसंस्था खोल्ने स्वतन्त्रता र मौलिक हकमा अनुचित स‌ंकुचन ल्याउने उल्लेख गरिएको छ ।

‘यस विधेयकको प्रस्तावित दफाहरूले नेपालको संविधानको धारा १७ (२) (घ) अन्तर्गत प्रत्याभूत गरिएको संघ संस्था खोल्ने स्वतन्त्रता र मौलिक हकमा अनुचित संकुचन ल्याउने तथा नियमनभन्दा अधिक नियन्त्रणकारी खालका प्रावधानहरू समावेश गरिएको र यसले नागरिकका अधिकार, बालअधिकार, संघ संस्था सञ्चालनको स्वतन्त्रता र लोकतान्त्रिक अभ्यासलाई प्रतिकुल पार्ने देखिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस सन्दर्भमा सम्बद्ध सरोकारवाला व्यक्ति तथा संघसंस्थासँग परामर्श नगरी ल्याइएको देखिन्छ । तसर्थ यसले संवैधानिक अधिकारलाई नै संकुचित गरेको देखिएको छ ।’

प्रस्तावित विधेयकले नेपालको विद्यमान नीतिगत र कानुनी व्यवस्था तथा सिविक स्पेस कमजोर पार्ने मात्र होइन सङ्घीयताको मर्म अनुरूप नभएको, अनावश्यक प्रशासनिक झन्झट हुने देखिएको सिजपको ठहर छ ।

संस्थाहरूलाई सहजीकरण तथा सबलीकरण गर्नुको सट्टा नियन्त्रण गर्ने, नागरिक सहभागिताको भूमिकालाई कटौती गर्ने उद्देश्यबाट अभिप्रेरित मस्यौदाले नागरिक स्वतन्त्रता, समावेशिता र पारदर्शिताको साझा मूल्यहरूमा समेत प्रहार गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ५ : ४६ बजे

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

पोर्चुगल– वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता

केराका थामबाट अतिरिक्त आम्दानी

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका पर्व कृषिमैत्री छन् ।

श्रमदानबाट काठको पुल निर्माण

खोटाङ– बाढीले खोटाङको तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात

डेढ महिनामा सात हजार पर्यटक भित्रिए

मनाङ– मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ

आँखा शिविरबाट तीन सयजना लाभान्वित

म्याग्दी– धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सयजना