‘मानव सेवा आश्रमलाई विस्तार गर्न सरकारले पूर्ण सहयोग गर्ने’ « Khabarhub

‘मानव सेवा आश्रमलाई विस्तार गर्न सरकारले पूर्ण सहयोग गर्ने’


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मानव सेवा आश्रमलाई बागमती प्रदेशको सबै जिल्लामा विस्तार गर्न सरकारले पूर्ण सहयोग गर्ने बताएका छन् । 

मानव सेवा आश्रम हेटौँडाको १३औँ वार्षिक साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै उनले सडक–आश्रित, बेसाहारा तथा असहाय मानवको उद्धार र संरक्षणमा मानव सेवा आश्रमको कार्य उत्कृष्ट रहेकाले यसलाई प्रदेशको १३ वटै जिल्लामा विस्तार गर्न प्रदेश सरकार पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

मानव सेवा आश्रमको सेवा सबै जिल्लामा विस्तार गर्ने अभियानमा प्रदेश सरकार साझेदार बन्ने बताउँदै उनले आवश्यकता अनुसार मानव सेवा आश्रमको भवन तथा भौतिक संरचना निर्माणका लागि सहयोग गर्न प्रदेश सरकार तत्पर रहेको बताए ।  

प्रदेशका सबै जिल्लामा सडक आश्रित बेसहारा मानवहरूको व्यवस्थापन गरी बागमती प्रदेशलाई ‘मानवताको प्रदेश’ घोषणा गर्ने प्रदेश सरकारको चाहना रहेको बताउँदै मुख्यमन्त्री बानियाँले समाजलाई कसरी राम्रो बनाउने र टुटेका मनलाई कसरी जोड्ने भन्नेमा सबैले चिन्तन गर्नुपर्ने बताए  ।  
 

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ६ : ५६ बजे

रसुवाको भोटेकोसीमा राहतका लागि सरकारी संयन्त्रसँग समन्वय गर्न आग्रह

काठमाडौं– रसुवाको भोटेकोसीमा बाढीपीडितका लागि राहत तथा उद्धार कार्यलाई व्यवस्थित

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

काठमाडौं– भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौं ल्याएकामध्ये ५९

भोटेकोशी बाढी : खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको