कराँचीमा बेपत्ता पारिएका व्यक्तिका परिवारको प्रदर्शन जारी « Khabarhub

कराँचीमा बेपत्ता पारिएका व्यक्तिका परिवारको प्रदर्शन जारी


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जबरजस्ती बेपत्ता पारिएका व्यक्तिका परिवारले पाकिस्तानको कराँच शहरमा प्रदर्शन जारी राखेका छन् । जबरजस्ती बेपत्ता पारिएका बलोच समुदाय व्यक्तिका परिवारले प्रदर्शन गरेका हुन् ।

उनीहरुले कराँच प्रेस क्लबअगाडि विगत दुई साताभन्दा लामो समयदेखि प्रदर्शन गर्दै आएका छन् । परिवारका अनुसार जाहिद अली बलोच विगत १७ जुलाईदेखि बेपत्ता छन् ।

कराँचमा गाडी कुरिरहेका बेला उनलाई सुरक्षाकर्मीले लगेको जनाइएको छ । त्यसयता उनको अवस्था अज्ञात छ ।

उनी बेपत्ता हुँदा परिवारमा मानसिक आघात पुगेको जाहिदका बाबु हमिदलाई उद्धृत गर्दै बलोचिस्तान पोस्टले जनाएको छ । उनीविरुद्ध अदालतमा कुनै मुद्दा दायर भएको भए यसबारे जानकारी दिन परिवारले आग्रह गरेको छ ।

यसैबीच अर्का एक जना बलोच समुदायका व्यक्ति बेपत्ता भएको समाचार सार्वजनिक भएको छ । गत अगस्ट १७ का दिन स्थानीय जातीय नेताका छोरा मिर युसफ कलन्दरनी बेपत्ता भएका छन् । उनलाई कराँचीमा पक्राउ गरिएको जनाइएको छ ।

त्यसयता उनको अवस्था पनि अज्ञात छ । पाकिस्तानको बलोचिस्तानमा लामो समयदेखि स्वतन्त्रतावादी आन्दोलन चलिरहेको छ ।

यसै क्रममा पाकिस्तानी सुरक्षाकर्मीले बलोचिस्तान र पाकिस्तानका अन्य भागमा बसोबास गर्ने बलोच समुदायका व्यक्तिलाई जबरजस्ती बेपत्ता पार्दै आएको अधिकारवादी संस्थाहरुले आरोप लगाउने गरेका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ७ : २७ बजे

रास्वपाले प्रधानमन्त्रीसँग खोज्यो चुनावी सुरक्षाको ग्यारेन्टी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गतेको निर्वाचनको वातावरण बनाउन

‘जलाइएका संरचना टुलुटुलु हेर्दै गाउँ जान सकिँदैन, फागुन २१ मा निर्वाचन हुँदैन’

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे

महेशलाई सिंहदरबार पठाएका केपी साथमा शंकर लिएर पुगे शेरबहादुर भेट्न

काठमाडौं- सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको सर्वपक्षीय छलफल चलिरहँदा

अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाले पाएनन् उचित पारिश्रमिक 

धादिङ– निर्माण, कृषि तथा अन्य अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूले

सरकारले हामीलाई फुटबल नबनाओस्‌ : जेन–जी प्रतिनिधि

काठमाडौं– निर्वाचन कानुन र व्यवस्थापन सम्बन्धमा सिंहदरबारमा भएको छलफलका क्रममा