अफगानिस्तानमा स्वास्थ्य सङ्कट : दुई करोड २० लाखलाई तत्काल सहयोग आवश्यक « Khabarhub

अफगानिस्तानमा स्वास्थ्य सङ्कट : दुई करोड २० लाखलाई तत्काल सहयोग आवश्यक


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काबुल– विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अफगानिस्तानले गम्भीर स्वास्थ्य सङ्कटको सामना गरिरहेको चेतावनी दिएको छ । यहाँ दुई करोड २० लाख मानिसलाई तत्काल सहायता आवश्यक छ । 

डब्लुएचओका अनुसार आर्थिक अभावले क्लिनिकहरू बन्द भएका छन् र सामूहिक शरणार्थी फिर्तीले पहिले नै कमजोर स्वास्थ्य प्रणालीलाई डुबाउने खतरा सिर्जना गरेको छ ।

अफगानिस्तानका चार करोड ६० लाख मानिसमध्ये दुई करोड २० लाख भन्दा बढीलाई तत्काल सहायताको आवश्यकता रहेको डब्लुएचओले बताएको छ । 

देशको स्वास्थ्य प्रणाली पहिले नै कमजोर रहेको र अहिले पतनको सङ्घारमा पुगेको छ ।  बिहीबार जारी गरिएको रिपोर्टअनुसार यस वर्ष एक करोड ६० लाखभन्दा बढी अफगानलाई जीवन बचाउने सहायता पुर्‍याउने लक्ष्य राखिएको छ, तर आवश्यक कोषको केवल २४ प्रतिशत मात्र सुरक्षित भएको छ ।

कोष सङ्कटका कारण चार सय २० भन्दा बढी स्वास्थ्य सुविधा बन्द हुँदा करिब ३० लाख मानिस आवश्यक चिकित्सा सेवाबाट वञ्चित भएका छन् । महिला र बालबालिका लगायत कमजोर समूहहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।

डब्लुएचओले मातृ र बाल स्वास्थ्य समस्याहरू, व्यापक कुपोषण, दादुरा र पोलियो जस्ता रोगहरूको प्रकोपले गम्भीर खतरा सिर्जना गरेको चेतावनी दिएको छ । साथै, बढ्दो मानसिक स्वास्थ्य चुनौतीले जनसङ्ख्यामा ठूलो प्रभाव पारिरहँदा मानवीय आपत्काललाई अझ जटिल बनाएको छ ।

अफगानिस्तानले ठूलो मात्रामा आप्रवासीको फिर्तीको तयारी पनि गरिरहेको छ । सन् २०२५ मा १० लाखभन्दा बढी मानिस पाकिस्तानबाट र २० लाखसम्म इरानबाट फर्कने अनुमान गरिएको छ । अहिलेसम्म आठ लाख ३६ हजारभन्दा बढी अफगानहरू फर्किसकेका छन् । तीमध्ये ९२ प्रतिशत इरानबाट आएका छन् ।

बढ्दो सङ्कटले अपर्याप्त अन्तर्राष्ट्रिय कोषले अफगानिस्तानको मानवीय आपत्काललाई कसरी बिगारिरहेको छ भन्ने कुरा देखाउँछ । 

तत्काल सहयोगबिना, लाखौँ मानिसले रोग, भोकमरी र चिकित्सा सेवाको अभावमा रोक्न सकिने मृत्युको सामना गर्न सक्ने डब्लुएचओले चेतावनी दिएको छ । विश्वव्यापी समुदायलाई सहायता योगदान बढाउन डब्लुएचओले आग्रह गरेको छ । रासस

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ७ : ३५ बजे

रसुवाको भोटेकोसीमा राहतका लागि सरकारी संयन्त्रसँग समन्वय गर्न आग्रह

काठमाडौं– रसुवाको भोटेकोसीमा बाढीपीडितका लागि राहत तथा उद्धार कार्यलाई व्यवस्थित

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

काठमाडौं– भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौं ल्याएकामध्ये ५९

भोटेकोशी बाढी : खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको