माइती नेपालद्वारा एक वर्षमा १८ जनाको उद्धार « Khabarhub

माइती नेपालद्वारा एक वर्षमा १८ जनाको उद्धार


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

झापा – मानव बेचबिखनविरुद्ध पूर्वीनाकामा सक्रिय माइती नेपालले एक वर्षमा हराएकामध्ये १८ जनाको उद्धार गरी आफन्तलाई बुझाएको छ । आर्थिक वर्ष २०८१/८२ मा विभिन्न जिल्लामा हराएका ६९ जना नेपालीको खोजीका लागि कार्यालयमा निवेदन परेकामा १८ जनाको उद्धार गरिएको हो ।

माइती नेपालका प्रदेश प्रमुख गोविन्द घिमिरेले भेटिएकामध्ये १६ जनालाई भारतको विभिन्न सहरमा खोजी गरी फेला पारिएको जानकारी दिए । उनका अनुसार दुई जना नेपालभित्रै फेला परेका हुन् । पूर्वीनाका काँकडभिट्टामा निगरानी गर्दै आएको माइती नेपालले मानव बेचबिखनको नियन्त्रण, रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।

आव २०८०/८१ मा ६२ हराएको निवेदन आएकामा १६ जना भेटिएका कार्यालयले जनाएको छ । भारततर्फ जोखिमपूर्वक जान लागेका एक सय ६८ जनालाई सो अवधिमा सीमाबाट फर्काइएको थियो । “वैदेशिक रोजगारी र विवाहको नाममा परिवारलाई थाहै नदिई भारत जानेहरू हराएको भनेर आफन्तले भन्ने गर्नुहुन्छ”, प्रमुख घिमिरेले भने, “हराउनेहरू अधिकांश महिला हुने गरेका छन् । खोज्दै जाँदा कतिपय मानव बेचबिखन गर्ने गिरोहको शिकार भएको पाइन्छ भने कतिपय अलपत्र परेर भौतारिरहेको अवस्थामा भेटिनुहुन्छ ।”

भेटिएका व्यक्तिलाई अभिभावकले कार्यालयमा आएर जिम्मा बुझेर लैजाने गरेका उनले जानकारी ।परिवारबाट विरक्तिएर जानेहरू भारततिरै रोजगारी गरेर लुक्ने र कतिपयले नयाँ घरजम गरेर बस्ने भएकाले हराएकामध्ये धेरैजसो नभेटिएका घिमिरेको भनाइ छ । उनका अनुसार माइती नेपालद्वारा पूर्वीनाका काँकडभिट्टामा तैनाथ गरिएको टोलीले भारततर्फ जान लागेका संदिग्ध बालबालिका, किशोरी र महिलाको नियमित निगरानी गर्दै आएको छ ।

आव २०८१/८२ मा जोखिममा परेर भारत जान लागेका एक सय ५८ जनालाई संस्थाले सम्झाइबुझाइ नाकामा रोकेर घर फर्काएको छ । नाकाबाट लुकीछिपी गएका चार जनालाई भारतबाट उद्धार गरेर ल्याइएको कार्यालय प्रमुख घिमिरेले जानकारी दिए ।

उनका अनुसार विगतको तुलनामा पूर्वीनाकामा नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मीको निगरानी कडा रहेको छ । चेलीबेटी बेचबिखन रोकथामको क्षेत्रमा काम गर्दै आएका माइती नेपालसहित सरोकार भएका सङ्घसंस्थाले सुरक्षा निकायसँग सहकार्य गरिरहेका उनले जानकारी दिए।

पूर्वीनाकामा कडाइ भए पति मानव बेचबिखनमा सक्रिय बिचौलियाहरूले झापाको सीमावर्ती गौडा र सहायक मार्गहरु प्रयोग गर्न थालेको घिमिरेले बताए । दक्षिणका भेगका गौरीगञ्ज, कचनकवललगायत ग्रामीण क्षेत्रका सडक प्रयोग गरेर मानव तस्करीका गतिविधि हुनसक्ने भएकाले स्थानीयले चासो बढाउनुपर्ने उनले उल्लेख गरे । स्थानीय सचेत भई कसैमाथि शङ्का लागेमा तत्काल प्रहरी वा सरोकार भएका निकायमा जानकारी गराउन उनले अनुरोध गरे ।

आव २०८१/८२ मा माइती नेपालको काँकडभिट्टा कार्यालयले दुई वटा बलात्कार र सात वटा घरेलु हिंसाका घटना सम्बन्धित निकायमा दर्ता गराएको छ । आव २०८०/८१ मा दुई वटा बलात्कार र १४ वटा घरेलु हिंसाका घटना दर्ता भएका कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ९ : ४२ बजे

देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै

इलाम– इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने

सरकारका प्रवक्ता र सम्पादकबीच छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र विभिन्न सञ्चार माध्यमका

लुगा सुकाउने क्रममा करेन्ट लागेर २२ वर्षीया महिलाको मृत्यु

कञ्चनपुर– कृष्णपुर नगरपालिका-५ गजरौला बस्ने २२ वर्षीया लक्ष्मी नेपालीको करेन्ट लागेर सोमबार

कोशी अस्पतालको नयाँ भवन समयमै सम्पन्न नहुँदा बिरामीलाई सेवा प्रवाहमा समस्या

विराटनगर– कोशी अस्पतालको नयाँ भवन समयमा निर्माण हुन नसक्दा सेवाग्राहीले

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस