पाँच किलो चरेशसहित होटल सञ्चालक पक्राउ « Khabarhub

पाँच किलो चरेशसहित होटल सञ्चालक पक्राउ


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकस्थित एक होटलबाट पाँच किलो ६९० ग्राम चरेशसहित होटल सञ्चालकलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

बझाङको बुङ्गल नगरपालिका–८ घर भई हाल धनगढी–२ स्थित जयराम होटल एण्ड लज रेस्टुराँका सञ्चालक राम बोहरालाई चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

उनका अनुसार बोहराको होटलमा शङ्का लागि चेकजाँच गर्दा चरेश फेला परेकाले निजलाई नियन्त्रणमा लिइएको हो ।

त्यसैगरी जिल्लाका विभिन्न स्थानबाट चार ग्राम ९० मिलिग्राम खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक जोशीले बताए ।

आवश्यक कारबाहीको लागि उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको बताइएको छ ।(रासस)

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ९ : ३५ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका

रसुवा बाढीमा : ८ जिल्लामा ४६९ जनाको शव भेटियो

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा

जनै पूर्णिमामा विन्ध्यवासिनी मन्दिरमा श्रद्धालु (तस्बिरहरू)

 पोखरा– पोखराको विन्ध्यवासिनी मन्दिरमा जनै पूर्णिमाको अवसरमा बिहानैदेखि श्रद्धालुको भीड

मधेसमा आज ‘राखी’ पर्व

महोत्तरी– मधेसमा आज शुक्रबार दाजुभाइ तथा दिदीबहिनीबीच आपसी प्रेम, सद्भाव