‘देशको शिक्षा, स्वास्थ्य, कृषि तथा उद्योगको अवस्था कमजोर बनेको छ’ « Khabarhub

‘देशको शिक्षा, स्वास्थ्य, कृषि तथा उद्योगको अवस्था कमजोर बनेको छ’


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको शिक्षा, स्वास्थ्य, कृषि तथा उद्योगको अवस्था कमजोर बन्दै गएको बताएका छन् ।

मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको दोस्रो प्रदेश अधिवेशनको शनिबार उद्‌घाटन गर्दै उनले स्वास्थ्य क्षेत्रको सुधारका साथै गुणस्तरीय स्वास्थ्य सेवाका लागि सबैको सकारात्मक भूमिका जरुरी रहेको बताए।

अध्यक्ष यादवले चुरे विनाशका कारण विगतदेखि नै मुलुकको कृषि क्षेत्र संकटमा पर्दै गए पनि हाल भूमि अध्यादेशको नाउँमा थप समस्या निम्तिने जोखिम बढेको दाबी गरे ।
 
जसपा महासचिव एवं मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले भूमिसम्बन्धी अध्यादेश तराई मधेसका लागि ठीक नभएको भन्दै यसले मधेसमा जनसङ्ख्याको चापमा वृद्धि हुने दाबी गरे ।

मधेस प्रदेशका आठ जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षक गरी २५० जना स्वास्थ्यकर्मी सहभागी रहेको अधिवेशन भोलि सम्पन्न हुनेछ ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ७ : ५९ बजे

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले लमजुङ-मनाङ जोड्ने सडक बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ

‘हाइड्रो हब’ बन्दै अन्नपूर्ण : जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

दमौली– परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित

मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह

काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य

अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने

काठमाडौं– वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा