बलोचिस्तानमा पाकिस्तानी वायुसेनाले हवाई आक्रमण गरेको दाबी | Khabarhub Khabarhub

बलोचिस्तानमा पाकिस्तानी वायुसेनाले हवाई आक्रमण गरेको दाबी


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानी वायुसेनाले बलोचिस्तान प्रान्तमा हवाई आक्रमण गरेको समाचार सार्वजनिक भएको छ । पाकिस्तानी वायुसेनाले बलोचिस्तानको बोलान क्षेत्रमा रहेको माचमा आक्रमण गरेको बलोचिस्तान पोस्टको समाचारमा जनाइएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक तस्बिर र भिडियोमा नजिकै रहेको पहाडी गोनिपारा र उर्दू बाघ र धदार क्षेत्रमा संदिग्ध हवाई आक्रमणबाट क्षति पुगेको देखिन्छ । बलोचिस्तान पोस्टका अनुसार यसबारे पाकिस्तानी सेनाले कुनै प्रतिक्रिया दिएको छैन ।

पाकिस्तानी फौजले यसअघि बलोचिस्तानमा सञ्चालित कुनै पनि कारवाहीमा हवाई आक्रमण नगरेको बताउने गरेको थियो ।

बलोचिस्तान प्रान्तमा लामो समयदेखि स्वतन्त्रतावादी आन्दोलन चलिरहेको छ । सो क्षेत्रमा सक्रिय लडाकु समूहले बेलाबेला पाकिस्तानका सैनिक र सार्वजनिक क्षेत्रलाई निशाना बनाएर आक्रमण गर्दै आएका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ८ : १५ बजे

अस्ट्रेलिया–इन्डोनेसिया नयाँ सुरक्षा सन्धिमा सहमत

सिड्नी– अस्ट्रेलिया र इन्डोनेसियाले बुधबार नयाँ सुरक्षा सन्धिमा हस्ताक्षर गर्न

मतदाता नामावली दर्ता गर्नेको चाप उच्च

म्याग्दी– जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा पछिल्लो समय मतदाता नामावली दर्ता

तनहुँमा एक हजार पाँच सय मतदाता थपिए

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बर्खामा गुल्जार बन्ने बुकीपाटन हिउँदमा सुनसान 

बागलुङ– बर्खामा आन्तरिक पर्यटकले गुल्जार बनेको बुकीपाटन चिसो बढेपछि सुनसान

एनआरएन इन्फ्रास्ट्रक्चरले प्रस्ताव गर्‍याे ४२ प्रतिशत लाभांश

काठमाडौं– एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ४२ प्रतिशत लाभांश प्रस्ताव गरेको