पाकिस्तानमा थप दुई जनामा भेटियो पोलियो | Khabarhub Khabarhub

पाकिस्तानमा थप दुई जनामा भेटियो पोलियो


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा पोलियो रोगका थप बिरामी फेला परेका छन् । खैबर पख्तुनख्वा प्रान्तमा थप दुई जनामा पोलियोको सङ्क्रमण फेला परेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

खैबर पख्तुनख्वाको टाङ्क क्षेत्रकी १६ महिने बालिका र सोही प्रान्तको उत्तरी वजिरिस्तानकी २४ महिने बालिकामा पोलियो भेटिएको हो । बिजनेश रेकर्डर अनुसार यससँगै मुलुकमा यस वर्ष पोलियो भेटिएका बिरामीको सङ्ख्या २३ पुगेको छ ।

यीमध्ये सबैभन्दा धेरै खैबर पख्तुनख्वामा छन् । सो प्रान्तमा १५ जनामा पोलियो देखा परेको छ । त्यसैगरी, सिन्धमा ६ तथा पञ्जाब र गिल्गिट बाल्टिस्तानमा एक जनामा पोलियो भेटिएको छ ।

गत वर्ष पाकिस्तानमा ७४ जनामा पोलियो भेटिएको थियो । यसमध्ये २७ जना बलोचिस्तानका थिए भने २३ जना खैबर पख्तुनख्वा, २२ जना सिन्ध र एक जना गिल्गिट बाल्टिस्तानका थिए ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ८ : ५१ बजे

तनहुँ प्रशासनले भोलिदेखि नागरिकतासम्बन्धी सेवा दिने

दमौली–  ‘जेन-जी’ प्रदर्शनपश्चात् अवरुद्ध बनेको नागरिकतासम्बन्धी काम बिहीबारदेखि सुरु हुने

‘निकै जतन गरी चलाएका सवारिसाधन खरानी भए’

काठमाडौं– आज विश्वकर्मा पूजा, सवारी चालकका लागि विशेष पूर्वक रूपमा

बहिर्गमन हुने समयमा मनसुन पुनः सक्रिय

काठमाडौं– औसत रूपमा अबको १५ दिनमा मनसुन बहिर्गमन हुनुपर्ने समय

कर्णाली राजमार्ग सञ्चालन

मान्म – जिल्लाको शुभकालिका-१ गगने खोलामा पहिरो गएपछि अवरुद्ध बनेको

दायाँ खुट्टामा ६ गोली लागेका विजय भन्छन्- ‘बरु मारिदिएको भए हुन्थ्यो’

काठमाडौं । ट्रमा सेन्टरको ५४९ नम्बर बेडमा लम्पसार परिरहेका २२