ओली र सी जिनपिङबीचको भेटवार्तामा के भयो छलफल ? « Khabarhub

ओली र सी जिनपिङबीचको भेटवार्तामा के भयो छलफल ?


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी जिनपिङसँग द्विपक्षीय भेटवार्ता भएको छ ।

शनिबार चीन तिआनजिनमा भएको भेटमा दुई नेताबीच नेपाल–चीन सम्बन्धका विभिन्न पक्षबारे छलफल भएको र परस्पर हितका क्षेत्रमा सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

प्रधानमन्त्री ओलीले नेपालको विकास प्रयासमा निरन्तर सहयोग गर्दै आएकोमा चीनलाई धन्यवाद ज्ञापन गर्दै नेपाल–चीन सम्बन्ध पाँच सिद्धान्तमा आधारित रहेर निर्विघ्न रुपमा अघि बढिरहेको बताए । उनले आगामी शाङ्घाई सहयोग संगठन (एससीओ) सम्मेलनको सफलता शुभकामना दिँदै नेपाललाई एससीओको सदस्यता दिलाउन चीनको समर्थनको आग्रह गरे ।

प्रधानमन्त्री ओलीले दुई पक्षबीच पहिल्यै सम्झौता भइसकेका परियोजनाहरूको छिटो कार्यान्वयनमा जोड दिँदै मल, पेट्रोलियम अन्वेषण, मानव स्रोत विकास, जलवायु प्रतिरोधात्मक क्षमता र जनस्तरमैत्री सम्बन्ध विस्तार जस्ता क्षेत्रमा सहयोग गर्न चीनसँग आग्रह गरे । साथै भारत–चीनबीच हालै लिपुलेकमार्ग व्यापारसम्बन्धी समझदारीबारे सरकारको कडा आपत्ति रहेको र उक्त भूभाग नेपालको भूभाग भएको स्पष्ट पारे ।

राष्ट्रपति सी जिनपिङले ‘समृद्ध नेपाल, खुशी नेपाली’ को आकांक्षा पूरा गर्न चीनले सहयोग गर्ने आश्वासन दिए। उनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)अन्तर्गतका परियोजनाहरूलाई उच्च गुणस्तरका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै नेपालले ‘एक चीन नीति’ प्रति देखाएको दृढ समर्थनप्रति धन्यवाद व्यक्त गरे । साथै, चीनले संयुक्त राष्ट्रसंघ र एससीओ लगायतका बहुपक्षीय मञ्चमा पनि नेपालसँग सहकार्य गर्ने बताए।

प्रधानमन्त्री ओली आज अपराह्न तिआनजिन बिन्हाइ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नासाथ चीनका उच्च अधिकारीहरूले स्वागत गरेका थिए। उनीसँगै नेपाली प्रतिनिधिमण्डल पनि चीन भ्रमणमा रहको छ।

प्रधानमन्त्री ओलीले भोलिदेखि सुरु हुने एससीओ सम्मेलनका विभिन्न कार्यक्रमहरूमा सहभागी हुने, अन्य विश्व नेतासँग भेटवार्ता गर्ने र राष्ट्रपति सी जिनपिङ र उनकी पत्नी पेंग लियुआनद्वारा आयोजना हुने स्वागत भोज र सांस्कृतिक कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ९ : ०० बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार