बंगलादेशमा नियुक्त भएका नयाँ न्यायाधीशमा कोही पनि अल्पसङ्ख्यक परेनन्, अधिकारवादी संस्थाद्वारा विरोध | Khabarhub Khabarhub

बंगलादेशमा नियुक्त भएका नयाँ न्यायाधीशमा कोही पनि अल्पसङ्ख्यक परेनन्, अधिकारवादी संस्थाद्वारा विरोध


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशमा नयाँ नियुक्त गरिएका न्यायाधीशको सूचीमा अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व नभएको भन्दै मानव अधिकारवादी संस्थाले आलोचना गरेको छ । बंगलादेशमा अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्दै आएको बंगलादेश हिन्दू, बौद्ध, इसाई एकता परिषदले नवनियुक्त न्यायाधीशको सूचमा अल्पसङ्ख्यक नपरेको जनाएको हो ।

हालै बंगलादेशको अदालतमा २५ जना न्यायाधीश नियुक्त गरिएको छ । यसरी नियुक्ती लिनेमा नौ जना न्याय अधिकारी छन्, नौ जना अधिवक्ता छन् भने सात जना कानुन अधिकारी रहेका छन् ।

स्थानीय सञ्चार माध्यमका अनुसार बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले प्रधान न्यायाधीश सइद रेफात अहमदको सल्लाहमा उनीहरुको नियुक्ती गरेका हुन् । यससँगै बंगलादेशमा न्यायाधीशको सङ्ख्या १ सय १३ पुगेको छ ।

गत महिना बंगलादेशको अवामी लिग पार्टीले मोहम्मद युनुसको नेतृत्वमा रहेको वर्तमान अन्तरिम सरकारले न्यायपालिकालाई ‘हतियारका रुपमा दुरुपयोग’ गरिरहेको भन्दै निन्दा गरेको थियो । लिगले अहिले मुलुकका न्यायाधीशहरु ‘युनुसको भीडबाट निर्देशित’ रहेको पनि आरोप लगाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ९ : १७ बजे

अस्ट्रेलिया–इन्डोनेसिया नयाँ सुरक्षा सन्धिमा सहमत

सिड्नी– अस्ट्रेलिया र इन्डोनेसियाले बुधबार नयाँ सुरक्षा सन्धिमा हस्ताक्षर गर्न

मतदाता नामावली दर्ता गर्नेको चाप उच्च

म्याग्दी– जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा पछिल्लो समय मतदाता नामावली दर्ता

तनहुँमा एक हजार पाँच सय मतदाता थपिए

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बर्खामा गुल्जार बन्ने बुकीपाटन हिउँदमा सुनसान 

बागलुङ– बर्खामा आन्तरिक पर्यटकले गुल्जार बनेको बुकीपाटन चिसो बढेपछि सुनसान

एनआरएन इन्फ्रास्ट्रक्चरले प्रस्ताव गर्‍याे ४२ प्रतिशत लाभांश

काठमाडौं– एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ४२ प्रतिशत लाभांश प्रस्ताव गरेको