आगामी निर्वाचनमा पार्टीलाई बहुमतमा पुर्‍याउँछौँः बामदेव गौतम « Khabarhub

आगामी निर्वाचनमा पार्टीलाई बहुमतमा पुर्‍याउँछौँः बामदेव गौतम


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का वरिष्ठ नेता बामदेव गौतमले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने विश्वास व्यक्त गरेका छन् ।

आज धनगढीमा आयोजित पार्टीको बैठकमा गौतमले २०८४ को निर्वाचनमा पार्टीलाई बहुमतमा पुर्‍याउने आफ्नो सङ्कल्पलाई साथ दिन नेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले भने, “निर्वाचनमा बहुमत ल्याएर पार्टीकै नेतृत्वमा सरकार गठन गर्ने र नेपालमा गरिबी समाप्त पारेर समाजवाद निर्माणका लागि उदाहरण दिनसक्नुपर्छ ।”

‘एक व्यक्ति, एक जिम्मेवारी’ दिएर पार्टी अघि बढ्ने उहाँले बताउनुभयो । तत्कालीन नेकपाबाट बाहिरिएपछि नेकपा एकता अभियान चलाउनुभएका नेता गौतम केही समयअघि नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका थिए । पार्टी प्रवेशपछि आज धनगढीमा भएको पार्टीको बैठकमा उहाँ पहिलोपटक सहभागी भएका हुन् ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ९ : ५२ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले