आगामी निर्वाचनमा पार्टीलाई बहुमतमा पुर्‍याउँछौँः बामदेव गौतम « Khabarhub

आगामी निर्वाचनमा पार्टीलाई बहुमतमा पुर्‍याउँछौँः बामदेव गौतम


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का वरिष्ठ नेता बामदेव गौतमले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने विश्वास व्यक्त गरेका छन् ।

आज धनगढीमा आयोजित पार्टीको बैठकमा गौतमले २०८४ को निर्वाचनमा पार्टीलाई बहुमतमा पुर्‍याउने आफ्नो सङ्कल्पलाई साथ दिन नेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले भने, “निर्वाचनमा बहुमत ल्याएर पार्टीकै नेतृत्वमा सरकार गठन गर्ने र नेपालमा गरिबी समाप्त पारेर समाजवाद निर्माणका लागि उदाहरण दिनसक्नुपर्छ ।”

‘एक व्यक्ति, एक जिम्मेवारी’ दिएर पार्टी अघि बढ्ने उहाँले बताउनुभयो । तत्कालीन नेकपाबाट बाहिरिएपछि नेकपा एकता अभियान चलाउनुभएका नेता गौतम केही समयअघि नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका थिए । पार्टी प्रवेशपछि आज धनगढीमा भएको पार्टीको बैठकमा उहाँ पहिलोपटक सहभागी भएका हुन् ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ९ : ५२ बजे

अर्थविद् केशव आचार्यको निधन

काठमाडौं– अर्थविद् केशव आचार्यको निधन भएको छ । उनको उपचारका

कराते खेलाडी एरिका तमुधि यूकेकी गुडविल एम्बासडर नियुक्त

काठमाडौं– कराते खेलाडी एरिका गुरूङलाई तमुधि युकेले गुडविल एम्बास्डर घोषणा

उपराष्ट्रपतिद्वारा बङ्गलादेशको नयाँ सरकारलाई शुभकामना, सहकार्य सुदृढ हुने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर

सभापतिको भूमिकामा फर्किँदै गगन, मंगलबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मंगलबार बस्ने केन्द्रीय कार्यसमितिको

‘राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार’का लागि आवदेन खुला

काठमाडौं – राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कारका लागि आवेदन खुला