कांग्रेस सभापति देउवाबाट गौरापर्वको शुभकामना « Khabarhub

कांग्रेस सभापति देउवाबाट गौरापर्वको शुभकामना


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गौरापर्वले नारी शक्ति, समर्पण, भक्ति र संस्कृतिप्रतिको आस्थालाई उजागर गरेको बताएका छन् ।

गौरापर्वका अवसरमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले विशेषगरी नेपालको कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो उत्साह र उमङ्गका साथ मनाइने यस पर्वले जनजीवनमा गहिरो सांस्कृतिक छाप छाड्नुका साथै एक विशिष्ट पहिचान पनि निर्माण गरेको उल्लेख गरेका छन् ।

देवी गौरी (गौरा) र भगवान् शिव (महेश्वर) को पूजा गरी मनाइने यस पर्वले नारी शक्ति, समर्पण, भक्ति र संस्कृतिप्रतिको आस्थालाई उजागर गर्दछ । विविध सांस्कृतिक र धार्मिक परम्पराले भरिएको हाम्रो नेपाली समाजमा गर्व गर्न लायक थुप्रै मौलिक रीतिरिवाज र परम्पराहरू रहेका छन् ।

सभापति देउवाले गौरापर्व केवल धार्मिक अनुष्ठानमात्र नभई समाजिक एकता, मेलमिलाप, आपसी सद्भाव र संस्कृतिक संरक्षणको आधारशिला भएको बताएका छन् । विभिन्न धार्मिक, सांस्कृतिक गीत, भजन, देउडालगायत नाच, व्रत, पूजापाठ र सामूहिक सहभागिताले यो पर्वलाई झनै विशेष बनाएको छ ।

यस पर्वले हाम्रा पुर्खाहरूको संस्कृति र परम्पराको संरक्षण गर्न प्रेरित गर्नुका साथै भावी पुस्तालाई यसको महत्व बुझ्न र आत्मसात गर्नसमेत उत्प्रेरित गरेको सभापति देउवाको भनाइ छ । उनले गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीमा सुख, शान्ति र समृद्धिको वातावरण सृजना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ७ : १४ बजे

नेप्से परिसूचक २६ अंकले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक २६ दशमलव १६ अंकले

सिक्किम पुगेका मोदीले लगाए ढाका टोपी, युवासँग खेले फुटबल

काठमाडौं- सिक्किम भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चार हजार

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

एजेन्सी– बेलगोरोडको रूसी सीमा क्षेत्रमा मंगलबार भएको युक्रेनी ड्रोन आक्रमणमा

दलको नेता छनोटमा किचलो : देउवाले एक महिनामा सक्ने काम गगनले दुई महिना लगाए

जेन–जी आन्दोलनको म्यान्डेटमा गठित सरकारले २१ फागुनमा प्रतिनिधि सभा निर्वाचन

सेनाले पनि देशभरबाट संकलन गर्दैछ सुकुम्वासीको विवरण

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको ठाडो निर्देशनमा गत शुक्रबारदेखि काठमाडौंका सुकुम्बासी