हैजा नियन्त्रणका लागि सामूहिक प्रयास जरुरी : गृहमन्त्री लेखक « Khabarhub

हैजा नियन्त्रणका लागि सामूहिक प्रयास जरुरी : गृहमन्त्री लेखक


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– गृहमन्त्री रमेश लेखकले वीरगञ्जमा हैजाको प्रकोप देखिएकाले मानवको ज्यान जोगाउनका लागि अधिकतम प्रयास गर्ने बताएका छन् ।

पर्साको वीरगञ्जमा हैजाको प्रकोप देखिएसँगै शनिबार राति झाडापखाला र हैजाका बिरामीको स्थितिबारे बुझ्नका लागि आफू नारायणी अस्पतालमा आइपुगेको बताए ।

‘अहिले हैजाको प्रकोप देखिएकाले सरकारले नागरिकको जिउज्यान जोगाउन जेजति काम गर्नुपर्ने हो । सोहीअनुसार काम गर्नका लागि तयारी अवस्थामा रहेका छौँ’, उनले भने, ‘औषधिको कमी हुन दिनेछैनौँ । चिकित्सकको पनि कमी हुन दिनेछैनौँ ।’

गृहमन्त्री लेखकले उपचारका लागि आवश्यक पर्ने नर्सिङ स्टाफ र अन्य जनशक्तिका लागि पनि आवश्यक समन्वय र सहजीरकरण गर्ने बताए । ‘हैजाको जुन प्रकोप देखिएको छ, सोको नियन्त्रण गर्नेतर्फ अग्रसर भइरहेका छौँ’, उनले भने । अहिले सबैतिर हैजा भाइरसको विषयमा आवश्यक सहजीकरण र समन्वय गर्नका लागि सहयोगी भूमिका निर्वाह गर्नुपर्नेछ ।

शनिबार राति नारायणी अस्पताल वीरगञ्जका हैजा प्रभावित बिरामी र उनीहरुका आफन्तसँग भेटघाटपछि गृहमन्त्री लेखकले अस्पतालमा भर्ना भएका बिरामी निको हुँदै गएको बताए ।

गृहमन्त्री लेखकले अस्पतालमा उपचार गराएर फर्किने बिरामीको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भइरहेको बताए । (रासस)

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ७ : २७ बजे

नेप्से परिसूचक २६ अंकले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक २६ दशमलव १६ अंकले

सिक्किम पुगेका मोदीले लगाए ढाका टोपी, युवासँग खेले फुटबल

काठमाडौं- सिक्किम भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चार हजार

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

एजेन्सी– बेलगोरोडको रूसी सीमा क्षेत्रमा मंगलबार भएको युक्रेनी ड्रोन आक्रमणमा

दलको नेता छनोटमा किचलो : देउवाले एक महिनामा सक्ने काम गगनले दुई महिना लगाए

जेन–जी आन्दोलनको म्यान्डेटमा गठित सरकारले २१ फागुनमा प्रतिनिधि सभा निर्वाचन

सेनाले पनि देशभरबाट संकलन गर्दैछ सुकुम्वासीको विवरण

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको ठाडो निर्देशनमा गत शुक्रबारदेखि काठमाडौंका सुकुम्बासी