छाउ प्रथा रोक्न अभियान नै चलाउनु पर्छ : डिला संग्रौला « Khabarhub

छाउ प्रथा रोक्न अभियान नै चलाउनु पर्छ : डिला संग्रौला


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पेशागत तथा बुद्धिजीवी विभाग प्रमुख डा. डिला संग्रौलाले सबै प्रमुख राजनीतिक दलहरूले छाउ प्रथा रोक्न अभियान चलाउनु पर्ने बताएकी छन् । 

छाउपडी प्रथाका कारण निरन्तर महिला किशोरीले ज्यान गुमाइरहनु परेको घटनाप्रति दुःख व्यक्त गर्दै नेपाली कांग्रेसले नेतृत्व गरेर सबै दल मिलि छाउलगायत सबै प्रकारका विभेदविरुद्ध देशव्यापी अभियान सुरु गर्नुपर्ने धारणा व्यक्त गरेकी हुन् ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–८ मा महिनावारीका बेला त्रिपालमा बसेकी एक महिला र एक बालिकाको भिरबाट खसेको ढुंगाले मृत्यु भएको घटनापछि  आइतबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यस्तो अमानवीय प्रथाको जिम्मेवारी स्थानीय नेतृत्वले लिनुपर्ने बताइन् ।

उनले भनिन्, ‘ २१ औँ सताब्दीमा पनि महिनावारीलाई प्राकृतिक प्रक्रिया ठान्नुको सट्टा अशुद्ध मानेर आफ्नै छोरी–बुहारीलाई मृत्युको मुखमा धकेल्नु कुनै हालतमा स्वीकार्य छैन । ’

डा.संग्रौलाले सबै प्रमुख राजनीतिक दलहरूलाई छाउपडी अन्त्यका लागि एकजुट अभियान सञ्चालन गर्न आग्रह गर्दै आफ्नै पार्टीका सदस्यले छाउ प्रथा जबरजस्ती गराए कारबाही गर्दै पार्टीबाटै निष्कासन गर्नुपर्ने चेतावनी दिइन् ।

उनका अनुसार नेपाली कांग्रेसले २००७ सालको हलो क्रान्तिको ऐतिहासिक विरासतलाई पछ्याउँदै विभेदविरुद्ध दृढ अभियान चलाउन ढिलाइ गर्न नहुने समय आएको छ ।

नेपालमा छाउपडी प्रथा कानुनतः अपराध घोषित भए पनि अझै ग्रामीण क्षेत्रमा यसको कार्यान्वयन प्रभावकारी हुन नसकेको उल्लेख गर्दै उनले सरकारी, गैरसरकारी निकाय र राजनीतिक दल सबैले मिलेर यसलाई अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

गत २० वर्षमा मात्रै छाउगोठमा बसेका कम्तीमा २६ महिलाले ज्यान गुमाइसकेको तथ्याङ्क सार्वजनिक भइसकेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ३ : २३ बजे

सुदूरपश्चिम सरकारले भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट भएको

रसुवा बाढी : मधेश सरकारका पदाधिकारी–कर्मचारीले एक दिनको तलब दिने

काठमाडौं – रसुवामा भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको

भोटकोशी बाढी : एक हजारभन्दा बढी सवारीसाधनमा क्षति

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट एक हजारभन्दा बढी

त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए

चितवन – चीनको स्वशाषित क्षेत्र तिब्बतबाट हुँदै भोटेकोशीमा गएको बाढीसँगै

भोटेकोशी बाढी : तनहुँमा ६ शव भेटिए

तनहुँ – भोटेकोशीमा गएको बाढीसँगै तनहुँको त्रिशूली र देवघाटको नारायणीमा