छाउ प्रथा रोक्न अभियान नै चलाउनु पर्छ : डिला संग्रौला « Khabarhub

छाउ प्रथा रोक्न अभियान नै चलाउनु पर्छ : डिला संग्रौला


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पेशागत तथा बुद्धिजीवी विभाग प्रमुख डा. डिला संग्रौलाले सबै प्रमुख राजनीतिक दलहरूले छाउ प्रथा रोक्न अभियान चलाउनु पर्ने बताएकी छन् । 

छाउपडी प्रथाका कारण निरन्तर महिला किशोरीले ज्यान गुमाइरहनु परेको घटनाप्रति दुःख व्यक्त गर्दै नेपाली कांग्रेसले नेतृत्व गरेर सबै दल मिलि छाउलगायत सबै प्रकारका विभेदविरुद्ध देशव्यापी अभियान सुरु गर्नुपर्ने धारणा व्यक्त गरेकी हुन् ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–८ मा महिनावारीका बेला त्रिपालमा बसेकी एक महिला र एक बालिकाको भिरबाट खसेको ढुंगाले मृत्यु भएको घटनापछि  आइतबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यस्तो अमानवीय प्रथाको जिम्मेवारी स्थानीय नेतृत्वले लिनुपर्ने बताइन् ।

उनले भनिन्, ‘ २१ औँ सताब्दीमा पनि महिनावारीलाई प्राकृतिक प्रक्रिया ठान्नुको सट्टा अशुद्ध मानेर आफ्नै छोरी–बुहारीलाई मृत्युको मुखमा धकेल्नु कुनै हालतमा स्वीकार्य छैन । ’

डा.संग्रौलाले सबै प्रमुख राजनीतिक दलहरूलाई छाउपडी अन्त्यका लागि एकजुट अभियान सञ्चालन गर्न आग्रह गर्दै आफ्नै पार्टीका सदस्यले छाउ प्रथा जबरजस्ती गराए कारबाही गर्दै पार्टीबाटै निष्कासन गर्नुपर्ने चेतावनी दिइन् ।

उनका अनुसार नेपाली कांग्रेसले २००७ सालको हलो क्रान्तिको ऐतिहासिक विरासतलाई पछ्याउँदै विभेदविरुद्ध दृढ अभियान चलाउन ढिलाइ गर्न नहुने समय आएको छ ।

नेपालमा छाउपडी प्रथा कानुनतः अपराध घोषित भए पनि अझै ग्रामीण क्षेत्रमा यसको कार्यान्वयन प्रभावकारी हुन नसकेको उल्लेख गर्दै उनले सरकारी, गैरसरकारी निकाय र राजनीतिक दल सबैले मिलेर यसलाई अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

गत २० वर्षमा मात्रै छाउगोठमा बसेका कम्तीमा २६ महिलाले ज्यान गुमाइसकेको तथ्याङ्क सार्वजनिक भइसकेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ३ : २३ बजे

महिलालाई पञ्चैबाजा प्रशिक्षण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई परम्परागत बाजाको संरक्षण गरी

गरिबीले रोकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा– दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही

रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर– अङ्ग्रेजी नयाँ वर्ष–२०२६ आजदेखि सुरु भएको छ । नयाँ

टी-२० विश्वकप : अफगानिस्तानको कप्तान राशिद, को को छन् १५ खेलाडी ?

काठमाडौं – अफगानिस्तान क्रिकेट बोर्डले आईसीसी पुरुष टी-२० विश्वकप २०२६

मन्त्री खरेलबाट ज्यापू सङ्ग्रहालयको अवलोकन

ललितपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरस्थित ज्यापु सङ्ग्रहालयको