प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

थियानजिन–  प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको छ ।

शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा रहेका दुई प्रधानमन्त्रीबीच आइतबार भेटवार्ता भएको हो । भेटका अवसरमा दुई देशबीचको सांस्कृतिक, कूटनीतिक र आर्थिक सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रधानमन्त्री चिङले उपराष्ट्रपति भो थि आन सुआनको हालैको नेपाल भ्रमणको स्मरण गर्दै प्रधानमन्त्री ओलीलाई भियतनाम भ्रमणका निम्ति आमन्त्रण गरे । प्रधानमन्त्री ओलीले भियतनामको स्वतन्त्रताको लडाइँमा नेपालको ऐक्यबद्धता प्रकट गर्दै छोटो अवधिमा सो मुलुकले गरेको प्रगति सबैका निम्ति प्रेरक  रहेको बताए। 

प्रधानमन्त्री ओलीले नेपाल आगामी वर्ष विकासशील मुलुकमा स्तरोन्तति हुने अवगत गराउँदै पर्याप्त प्रतिफल प्राप्त हुने ऊर्जा क्षेत्रमा लगानी गर्न आह्वान गरे। उनले समकक्षी चिङलाई नेपाल भ्रमणको निमन्त्रणा पनि गरे । 

भेटमा भ्रमण दलमा सहभागी मन्त्रीहरू, सांसदहरू र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको सहभागिता थियो ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ४ : २७ बजे

नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा

चौतारा– यहाँको इन्द्रावती गाउँपालिका–११ भिमटारका बाटुले माझी ४५ वर्षको भए

सुकुम्बासी बस्ती हटाइएको क्षेत्रमा कस्ता संरचना बनाउने तयारीमा छन् बालेन ?

काठमाडौं- सरकारले शनिबारदेखि जोखिमपूर्ण क्षेत्रमा बस्दै आएका सुकुम्बासी वस्ती हटाइरहेको

ओखलढुंगाका हेडसर अझै माग्दैछन् माफी, भने : मेरो कारण सांसदज्यूको मान मदर्न हुन गयो

ओखलढुंगा-जिल्लाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका

खाताबाट २० हजार झिक्न नदिएपछि बहिनीको कंकाल नै बोकेर बैंकमा पुगे वृद्ध

ओडिशा (भारत) – ओडिशा राज्यको क्योन्झर जिल्लामा सोमबार अचम्म लाग्दो

सरकारविरुद्ध सडकमा विद्यार्थी, देशभरका क्याम्पसमा विरोध चर्काउने तयारी

कीर्तिपुर– विद्यार्थी युनियन खारेज गर्ने सरकारको तयारीविरुद्ध विभिन्न विद्यार्थी सङ्गठनहरूले