एक खेल अगाडि उपाधि उचाल्न चुक्यो नेपाल : आसाम सिरिजको अन्तिम भिडन्त आज « Khabarhub

एक खेल अगाडि उपाधि उचाल्न चुक्यो नेपाल : आसाम सिरिजको अन्तिम भिडन्त आज


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको गुवाहटीमा असाम प्रदेशसँग जारी टी–२० सिरिजको अन्तिम भिडन्त आज हुँदैछ । सोमबार साँझ नेपाल ‘ए’ टिमले पाँचौ अर्थात् अन्तिम प्रतिस्पर्धा गर्दैछ । चौथो खेलमा आइतबार १८ रनले पराजित भएसँगै एक खेल अगाडि सिरिज जित्ने मौका नेपालले गुमाएको छ ।

सुरुमा ब्याटिङ गरेको आसामले दिएको १७५ रनको लक्ष्य भेट्न नसक्दा नेपाल १८ रनले एक खेल अगाडि उपाधि उचाल्न चुकेको हो । अब उपाधिका लागि अन्तिम खेल जित्नै पर्ने दबाबमा दुवै टिम परेका छन्।

यसअघि पहिलो खेलमा पराजित भएको नेपालले लगातार दुई खेलमा जित निकालेको थियो । पहिलो खेलमा डक वर्थ लुइस (डीएल) पद्धतिका आधारमा १५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा ९६ र तेस्रो खेलमा ९ रनले विजयी भएको थियो ।

पाँचौ अर्थात् सिरिजको अन्तिम खेल सोमबार साँझ ५ बजे सुरु हुँदैछ।यो प्रतिस्पर्धा नेपाल क्रिकेट संघ क्यानले आफ्नो युट्युब च्यानलमार्फत् प्रत्यक्ष प्रशारण गर्नेछ ।

क्यानले घोषणा गरेको अनिलकुमार साह कप्तान रहेको नेपाल ‘ए’ टिमममा अलराउन्डर आदिल आलम, ब्याट्सम्यान सन्दीप जोरा लगायतका युवा तथा अनुभवी खेलाडी समावेश छन्।

नेपाल ‘ए’ टिम

नेपाल ‘ए’ टिममा कप्तान अनिलकुमार शाहसँगै अदिल आलम, पवन सर्राफ, सन्दीप जोरा, शुभ कंशाकार, ईशान पाण्डे, देव खनाल, विवेककुमार यादव, कमलसिंह ऐरी, बसिर अहमद, आकाश चन्द, सागर ढकाल, अर्जुन घर्तीमगर, तृतराज दास, युवराज खत्री र शेर मल्ल छन्।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ६ : ४४ बजे

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ