तीनवटै तहका लागि अहिले नै उम्मेदवार घोषणा गरौँ : कल्याण गुरुङ « Khabarhub

तीनवटै तहका लागि अहिले नै उम्मेदवार घोषणा गरौँ : कल्याण गुरुङ


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरूङले ०८४ मा हुने तीनवटै तहको निर्वाचनका लागि अहिले नै उम्मेदवार घोषणा गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले उम्मेदवार घोषणा गरेर अहिलेदेखि नै मतदाता माझ पठाउनुपर्ने बताएका हुन् ।

‘नेपाली कांग्रेसले १६५ जना प्रतिनिधिसभा, ३३० जना प्रदेशसभा र ७५३ जना स्थानीय तहका उम्मेदवारहरू वैधानिक रूपले घोषणा गरेर मतदाताहरू माझ अहिले नै पठाउनु पर्छ,’ गुरूङले फेसबुकमा लेखेका छन् ।

उम्मेदवारहरूको घोषणा धेरैलाई चाँडो लागे पनि पार्टीले धेरै मेहनत गर्नुपर्ने भएकाले उम्मेदवार तय गर्न ढिलो भइसकेको नेता गुरूङको जिकिर छ ।

‘धेरैलाई यो निर्णय चाँडो लाग्न सक्छ । तर, धेरै ढिलो भइसक्यो । धेरै मेहनत गर्नु पर्नेछ,’ उनले लेखेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ११ : २१ बजे

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा

क्रिटिक्स अवार्ड : हरिवंश, दयाहाङ, आनालगायतले पाउँदै

काठमाडौं – चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले आगामी शनिबार अवार्ड