अफगानीस्तानमा शक्तिशाली भूकम्प, सयौँ मानिस हताहती भएको आशंका  « Khabarhub

अफगानीस्तानमा शक्तिशाली भूकम्प, सयौँ मानिस हताहती भएको आशंका 


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानस्तानमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा पनि २० जनाको मृत्यु भएको छ । भूकम्पबाट सबैभन्दा बढी नगरहार र कुनार क्षेत्र प्रभावित भएका छन् । 

भूकम्पका कारण घाइते भएका ११५ भन्दा बढी नागरिकलाई अस्पतालहरूमा भर्ना गरिएको छ । 

बीबीसीका अनुसार, तालिबान सरकारले भूकम्पमा परी सयौँ मानिसहरूको मृत्यु भएको आशंका गरेको छ । 

भूकम्पबाट बढी क्षति कुनार सूबेमा भएको बताइएको छ । यो क्षेत्रको झन्डै ९० प्रतिशत भूभाग पहाडी क्षेत्रमा पर्दछ । 

भूकम्प प्रभावित क्षेत्रतर्फ जाने मार्गहरू अधिकांश साँघुरा रहेका र जसमध्ये अधिकांश क्षतिग्रस्त भएका बीबीसीमा समाचार छ । यस्तै केही क्षेत्रमा मोबाइल नेटवर्कले काम गरिरहेको छैन ।
 
सन् २०२२ को भूकम्पका दौरान पनि अहिलेकै जस्तो अवस्था देखिएको थियो । तत्कालीन समयमा भूकम्पका कारण झन्डै एक हजारको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ११ : २७ बजे

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राष्ट्रियसभामा प्रधानमन्त्री बालेनले विधेयक पेस गर्ने कार्यसूची

काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन