प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री महानेटबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री महानेटबीच भेटवार्ता


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

थियानजिन– शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ । 

भेटका अवसरमा दुई देशबीचको सम्बन्ध, व्यापार र लगानीका क्षेत्रहरूको विस्तारलगायत विषयमा छलफल भएको थियो ।

भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । उनीहरूबीच उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए । रासस

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  १२ : १३ बजे

मन्त्री सीता वादीले सार्वजनिक गरिन् नगर्ने कामका १० बुँदा: ‘नातावाद र भ्रष्टाचारलाई प्रश्रय दिन्नँ’

काठमाडौँ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले

लाप्राक नमूना बस्ती (तस्बिर)

गोरखा– २०७२ साल वैशाख १२ गते बारपाक केन्द्रबिन्दु भएर गएको

लोकप्रियतावादको अग्निमा सत्ताको परीक्षा

लोकप्रियता आर्जन गर्न कठिन अनि त्यसलाई सम्हाल्न अझ गाह्रो हुन्छ

स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहत संरचनाहरूमा दुरुपयोग गरिएका सवारी

चितवनका ६ वटा पालिकामा कर दाता सेवा केन्द्र सुरु

चितवन– चितवनका ६ वटा पालिकाबाट करदाता सेवा केन्द्र सुरु गरिएको