रास्वपाको उम्मेदवार छनोट प्रक्रियाबारे छानबिन गर्न केन्द्रीय सदस्य कार्कीको माग « Khabarhub

रास्वपाको उम्मेदवार छनोट प्रक्रियाबारे छानबिन गर्न केन्द्रीय सदस्य कार्कीको माग


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले रूपन्देही– ३ का लागि उम्मेदवार छनोट प्रक्रियाबारे छानबिन गरेर निष्कर्षमा पुग्नुपर्ने बताएका छन् ।

पार्टीले उपनिर्वाचनका लागि डा. लेखजंग थापाको नाम घोषणा गरेको १४ घण्टा नबित्दै उनले छनोट प्रक्रियाबारे छानबिन गरेर निष्कर्षमा पुग्नुपर्ने बताएका हुन् ।

कार्कीले ०७९ को निर्वाचनको परिणामपछि समानुपातिकतर्फका उम्मेदवार छनोटका लागि १२ क्लस्टरमा चुनाव भएर नतिजा निकालेर सांसदका लागि ६ वटा क्लस्टर बनाएर आफूलाई बाहिर राखिएको स्मरण गरेका छन् ।

‘मैले पटक पटक दाेहाेर्‍याइरहेकाे तथ्य हो, पार्टीको समानुपातिक सांसद छनौट १२ क्लस्टरमा चुनाव भएर नतिजा निकालिएको थियो । पछि सांसद छान्दा ६ क्लस्टर बनाइयो र म धपाइएँ,’ कार्कीले फेसबुकमा लेखेका छन्, ‘यसैले मैले आफू अलग्गै रहेर यसपटकको उम्मेदवार छनौटको प्रक्रिया चासोका साथ हेरेँ । प्रक्रियामा कुनै त्रुटि भएको जस्तो लाग्थेन र अहिले पनि त्रुटि भएकै हो भन्ने मेरो धारणा बनेको छैन । यद्यपि केही कमजोरी भएका हुन सक्छन्, जसको छानबिन र निष्कर्ष आवश्यक छ ।’

पहिलेको समानुपातिक सांसद छनोटको विवाद समाधानमा नपुगेका कारण बेलाबेला भिन्न स्वरूपमा निस्किरहेको भन्दै  उनले यसले नयाँ प्रणाली निर्माणमा शङ्का बढाउने उल्लेख गरेका छन् । ‘त्रुटि हुने वा भएको आशङ्का हुने तर त्यसको निरूपण नहुने हो भने ती थुप्रिँदै गएर थामी नसक्नुका बन्छन्,’ कार्कीको तर्क छ ।

केन्द्रीय सदस्य कार्कीले उम्मेदवार थापाले पहिलेको श्रीमतीसँग छोडपत्र गरिसकेको भए पनि दुई जनाबीचको सम्बन्ध सुमधुर रहेको जानकारी आफूले पाएको पनि उल्लेख गरेका छन् ।

‘लेखजंग थापाको बहुविवाहका सन्दर्भमा पहिलेकी श्रीमतीसँग छोडपत्र भइसकेको तर सम्बन्ध चाहिँ अहिले पनि सुमधुर रहेको भन्ने जानकारी प्राप्त गरेको छु,’ उनले लेखेका छन्, ‘कानूनीरूपमा सम्बन्धविच्छेद भएको भए अन्य त व्यक्तिगत र पारिवारिक सन्दर्भको विषय भइहाल्यो । एउटा सम्बन्ध ‘बिग्रिए पछि’ कि मर्नु कि एक्लै जिन्दगीभर बस्नु भन्ने कसैले पनि चाहँदैन भन्ने मानेको छु ।’

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  १२ : २६ बजे

अमेरिका–इरान सहमति : होर्मुज जलडमरूमध्यको प्रतिबन्ध हटाइने

काठमाडौं– अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा आएको

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जनको तयारी गर्दै मन्त्रालय

काठमाडौं– शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जनको तयारी गरेको

३० वर्षपछि दोलखा फर्किए चोरी भएका आकाश भैरवका ऐतिहासिक मुकुन्डो (तस्बिरहरू)

काठमाडौं– करिब तीन दशकअघि दोलखाबाट चोरी भई अमेरिकाका संग्रहालयसम्म पुगेका

अवरुद्ध सडक तुरुन्तै खुलाउने व्यवस्था गरेका छाैँ : गृहमन्त्री

काठमाडौं– सरकारले मनसुन प्रतिकार्य तथा विपद् व्यवस्थापनको सम्पूर्ण तयारी पुरा

झारफुकमा अल्झिँदा ज्यान जोखिममा : सर्पदंशमा उपचार ढिलाइ अझै चुनौती

काठमाडौं- नेपालमा गर्मी र वर्षायाम सुरु भएसँगै सर्पदंशका घटना बढ्न